• गन्तव्य बिनाको यात्रा

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १० आश्विन २०७८, आईतवार १७:१९

    सत्य राज जोशी
    आँखामा आँसु छाती भित्र अत्यास र मन भित्र बेदना बोकेर खुल्ला नीलसागर मुनिको असमेल मानव सागरको छालमा छचल्किदै उचालिदैं र पछारिदैं आज म एउटा लक्ष्यहिन यात्री झै समयको दौडमा साँझ बिहान यत्रतत्र भौतारिदै रहेको छु । साँचै भन्नुपर्दा आज म चालविनाको डुङ्गा जस्तो धमिलो नरसागरमा आकासिदै थचारिदै घरी सागरको माझमा त घरी सागरको किनारमा सपनाको रित्तो पोको बोकी जीवनको अनन्त लामो यात्रामा लक्ष्यतर्फ बढ्दै छु । खुसी र सुखले मलाई टाढैबाट नकारे पनि म कायरताबाट नहटेर सङ्घर्षको चक्रबाट उम्की नतमस्तक भई त्यो उज्यालो जहाँ म पुगेको छैन, त्यहाँ सम्म पुग्ने प्रयासमा कदम अगाडी बढाउँदै छु । हुन त मेरो लागि कुनै उज्यालो, कुनै अँध्यारो कुनै मित्र र कुनै शत्रु मतलब छैन, मैले भन्नुपर्दा जीवन आत्मा भोगाईबाट बन्ने एउटा समयरुपि परिभाषा हो । जहाँ हरेक व्यतिmको जीवन र त्यो जीवन भोगाई सँग जोडीएका र मोडीएका हरेक पलको वेलीविस्तार चित्रित हुन्छ ।
    जीवन कसैको लागि अवसर बन्छ त कसैको लागि तिरस्कार, कसैको लागि मायाको सागर त कसैकोलाई असमेल दुःख घाउहरुको क्रिडा स्थल हुन्छ । उसोत जीवन समयको चक्र अनुसार फरक–फरक परिभाषाहरु बोकेर आउँदछ । एउटै मानिसको जीवनमा कहिले बाल्यकालको जीवन कहिल्यै योन अवस्थाको जीवन, कहिले बैवाहिक जीवा त, कहिले वृद्घा अवस्थाको जीवन, स्वदेश भमेगाईको जीवन, विदेश भोगाइको जीवन, यी सबै जीवन एउटै मानिसको जीवन सँग गाँसेर आउने जीवनहरु मान्नसकिन्छ । यसअर्थ जीवन शब्दले मानिसको एउटा अस्तीत्वलाई विभिन्न चरण र अवस्था अनुसार फरक फरक ढंगले परीभाषित गरेको देखिन्छ ।
    यी सबै हजारौ भोगाइको क्रममा बन्ने जीवन अरु केही छैन मात्र मानिसको जीवन भोगाइबाट बन्न गएका सहायक परिभाषाहरु हुन जुन मानिसको जीवन बाच्ने आधारको क्रममा गरेको संघर्षलाई परिलक्षित गरिएको देखिन्छ ।
    यदि जीवन खुसी हो भने त्यो खुसी पछि दुख किन ? जीवन सृजना हो भने विनास किन ?, जीवन खुसी हो भने रोदन किन ?, जीवन समय हो भने साक्षातकार किन ?, जीवन अवसर हो भने ती अवसरहरुले दिने दासाता किन ?, जीवन आ–आफ्नो भोगाई रुपि बाँसुरी हो भने अरुकोे दखल किन ?
    यी अनेकन प्रश्नहरुले भरिएको यो मानविय जीवन, मलाई लाग्छ अन्तिम सुन्नेतामा डुब्न लागेको घाम र अस्ताउदै गरेको दिन , अनि मुजा पर्दै गएको बुढेउली बखतको छाला जस्तै हो । मानिसका हजारौ भोगाईका पाठहरुको माली बनेको यात्रारुपी जीवन अन्त्यमा अरुका लागि बाटो देखाउने आधार बन्छ भने आफ्ना लागि गन्तव्यहिन बन्छ,अनि ओइल्याउछ, अस्ताउछ, झर्छ अनि वास्तविक्ताबाट छुटेर मर्दछ । यसरी कहिले आर्दशमा अधिएको देखिन्छ कहिले त सुन्यतामा झरेको देखिन्छ , कहिले वास्तविकतामा फसेको जस्तो देखिन्छ , त कहिले प्रगतिको घमण्डले माथि उठाएको जस्तो देखिन्छ जीवन , वास्तविकमा जविन शक्तिको आढमा उठेको त दुर्वलतामा धसेको विवस्था नै हो जीवन जुन गन्तव्यहिन देखिन्छ ।

    (लेखक -“द चाँदबाग स्कूल,काठमाण्डौं को शिक्षक हुनुहुन्छ)

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु