• विमानस्थलको श्रम डेस्कमा मन्त्री श्रेष्ठको अनुगमन, सेवा प्रवाह प्रभावकारी बनाउन निर्देशनभष्ट्राचार मुक्त राज्य सन्यन्त्र र सेवा मुखी प्रशासनको कल्पनामा नै आगामी चुनाबमा स्थापित हुने आधार हुनरोटरी क्लब अफ कपनले विश्व पोलियो दिवस मनायो "पछिल्लो २४ घण्टामा देशैभरी थपिए ५५७ कोरोना संक्रमित, ३ जनाको मृत्युआज बजार परिसूचक २७ दशमलव ५१ अकंले बढेर समग्र परिसूचक २५८४ दशमलव ५२ बिन्दुमाआबुधाबी डाइलग’ मा सहभागि हुन मन्त्री श्रेष्ठ सहितको टोली दुबई प्रस्थानबैंक अफ काठमाण्डू लिमिटेडका ग्राहक महानुभावहरुलाई काठमाण्डौं गेस्ट हाउसका होटल तथा रिसोर्टहरुमा १५% छुटमनीष र रोनिशा पहिलोजिम्न्याष्टिक टोलीको बिदाइमिस्टर एण्ड मिस टिन सुपर मोडल,२०२१' को ताज रोजक र सुहानीको शिरमा

    ब्रिटिश काउन्सिलले वैकल्पिक माध्यमबाट परीक्षा लिनुपर्ने ए–लेभलका विद्यार्थीहरुको माग

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १० आश्विन २०७८, आईतवार १७:३८

    काठमाडौं, १० असोज । ए–लेभलका विद्यार्थीहरुले ब्रिटिश काउन्सिलले २ महिना लामो परीक्षा वैकल्पिक माध्यमबाट लिनुपर्ने माग गरेका छन् । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै विद्यार्थीहरुले कोरोना भाइरसको त्रास र नजिकिदै गरेको चाडवाडको कारण वैकल्पिक माध्यमबाट परीक्षा लिनुपर्ने बताएका हुन् ।

    पत्रकार सम्मेलनमा बोल्दै ए–लेभलका विद्यार्थी सुराजन रिजालले यदि भौतिक रुपमा परीक्षा लिने हो भने ब्रिटिश काउन्सिल वा सरकारले विद्यार्थीहरुको जिम्मेवारी लिनुपर्ने बताए । उनले भने,‘वैकल्पिक माध्यमबाट परीक्षा लिन माग गर्दा ब्रिटिश काउन्सिलले कसैको ग्यारेन्टी लिन नसक्ने जवाफ दियो ।’ कोरोना भाइरसको डर र नजिकिदै गरेको चाडबाडको कारण पनि भौतिक रुपमा परीक्षा दिन सहज नहुने उनको भनाई थियो ।

    उनले २ महिनाको लामो अन्तरालमा विद्यार्थीले निर्धक्क भएर परीक्षा दिन पाउनुपर्ने सरकारसँग माग राखे । सरकारले विद्यार्थीलाई प्रवेशपत्रको आधारमा कोरोना खोप लगाउने व्यवस्था गरेपनि अहिले सम्म सबै साथीहरुले प्रवेश पत्र नै नपाएको बताए ।
    उनले भने,‘ब्रिटिश काउन्सिलले विद्यार्थीलाई कोरोना लागे के गर्नुहुन्छ भनेर सोध्दा उल्टै पैसा सबै फिर्ता दिन्छु भन्यो ।’ ब्रिटिश काउन्सिलको गैह्र जिम्मेवारीपनले विद्यार्थीहरु थप मानसिक तनावमा परेको समेत बताए ।

    कार्यक्रममा ए–लेभलकी छात्रा आभा गौतमले क्याब्रिज विश्वविद्यालयले वैकल्पिक माध्यमलाई मान्यता दिने भन्दै गर्दा पनि ब्रिटिश काउन्सिलले चासो नदिएको आरोप लगाइन् । उनले भनिन्, ‘ब्रिटिस काउन्सिलले आफुहरुलाई कन्सिडर गर्छौ तर पुरै जिम्मेवारी लिन नसक्ने जवाफ दियो ।’ बताइन् । २ महिना लामो परीक्षा दिन विद्यार्थीहरुलाई धेरै नै जोखिम भएको सुनाइन् । उनले ब्रिटिश काउन्सिललाई वैकल्पिक परीक्षा दिन पहल गरीदिन समेत आग्रह गरिन् ।

    अर्का विद्यार्थी दिपेश बास्कोटाले कार्यक्रममा विद्यार्थीहरुलाई कोरोना खोपको व्यवस्था नभएकोले भौतिक परीक्षा रोक्न माग गरे । उनले भने,‘हाम्रा धेरै साथीहरु १८ वर्ष नपुेको कारणले कोरोना विरुद्धको खोप लगाउनबाट बन्चित भएका छन् ।’ यदि परीक्षा यही समयमा लिनै पर्ने हो भने सरकारले जिम्मेवारी लिनुपर्ने उनको भनाई थियो । क्याम्ब्रिज विश्वविद्यालयले वैकल्पिक माध्यमलाई मान्यता दिनेहुँदा ब्रिटिश काउन्सिलले वैकल्पिक माध्यमबाट परीक्षा लिनुपर्ने उनको माग छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु