• विमानस्थलको श्रम डेस्कमा मन्त्री श्रेष्ठको अनुगमन, सेवा प्रवाह प्रभावकारी बनाउन निर्देशनभष्ट्राचार मुक्त राज्य सन्यन्त्र र सेवा मुखी प्रशासनको कल्पनामा नै आगामी चुनाबमा स्थापित हुने आधार हुनरोटरी क्लब अफ कपनले विश्व पोलियो दिवस मनायो "पछिल्लो २४ घण्टामा देशैभरी थपिए ५५७ कोरोना संक्रमित, ३ जनाको मृत्युआज बजार परिसूचक २७ दशमलव ५१ अकंले बढेर समग्र परिसूचक २५८४ दशमलव ५२ बिन्दुमाआबुधाबी डाइलग’ मा सहभागि हुन मन्त्री श्रेष्ठ सहितको टोली दुबई प्रस्थानबैंक अफ काठमाण्डू लिमिटेडका ग्राहक महानुभावहरुलाई काठमाण्डौं गेस्ट हाउसका होटल तथा रिसोर्टहरुमा १५% छुटमनीष र रोनिशा पहिलोजिम्न्याष्टिक टोलीको बिदाइमिस्टर एण्ड मिस टिन सुपर मोडल,२०२१' को ताज रोजक र सुहानीको शिरमा

    द चान्दबाग स्कुलले रजत जयन्तीको अवसरमा रक्तदान कार्यक्रम

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १० आश्विन २०७८, आईतवार २१:२५

    नमराज भट्ट

    काठमाडौं, १० असोज २०७८

    बाँसबारी स्थित द चान्दबाग स्कुलले रजत जयन्तीको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

    शनिबार द चान्दबाग स्कुलले लायन्स क्लब भक्तपुर स्विट होमका स्वयम् सेवक र नेपाल रेडक्रस सोसाइटीका सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। उक्त रक्तदान कार्यक्रममा एक सय जनाभन्दा बढी व्यक्तिले रक्तदान गरेका छन्।

    काठमाडौं महानगरपालिका वडा नं ३ का वडा अध्यक्ष दिपक केसी ज्यूको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो। उक्त आयोजित कार्यक्रममा विद्यार्थीका अभिभावकहरुको सहभागिता रहेको थियो।

    कार्यक्रममा वडा अध्यक्ष केसीले यस वडामा ३२ ओटा स्कुल रहेकोमा जसमध्ये १९ ओटा र्राष्ट्रिय स्तरको र १३ ओटा अन्तर्राष्ट्रिय स्तरको हुँदा गर्भको कुरा रहेको बताए। यस स्कुलले मुलुककै अग्रस्थानमा नाम राख्न सफल रहोस् भनि अध्यक्ष केसीले शुभकामना पनि व्यक्त गर्नुभएको थियो।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु