• मैनबत्ती बालेर मनाइयो ४२ औं विश्व पर्यटन दिवस

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार १८:५९

    काठमाडौ,११ असोज । ग्यास्ट्रोनोमि टुरिजम एशोसियसन अफ नेपाल र कोथिना मिठो छ रेस्टुरेन्ट लाजिम्पाटको संयुक्त आयोजनामा ४२ औं विश्व पर्यटन दिवस मनाईएको छ ।

    कोभिड–१९ महामारीका कारण दुई वर्षदेखि ठप्प पर्यटन क्षेत्रलाई लयमा फर्काउन स्वास्थ् मापदण्डको पालना गरी नेपालका उल्लेखनीय सेफहरूको उपस्थितिमा मैनबत्ती बालेर हस्पिटालिटी म्यानेजमेन्ट स्कूल ‘कोथिना मिठो छ’ लाजिम्पाटमा ४२ औं विश्व पर्यटन दिवस मनाईएको हो।

    कार्यक्रममा अतिथिहरूले नेपालमा पनि विभिन्न जातजातिको संस्कृतिअनुसारका खानाका परिकारको आफनै पहिचान छ । यी खानाको परिकारलाई प्रयोग गरेर पर्यटकको आकर्षण बढाउन सकिनेआन्तरिक तथा वाह्य पर्यटन प्रवर्द्धन र त्यससंग जाेडिएकाे आर्थिक तथा सामाजिक पक्षकाे बिकास,खाध्य तथा मौलीक खानाकाे प्रचार-प्रसार र बजारीकरणले मात्रै सम्भव हुन्छ भन्दै पर्यटकलाई सुरक्षित र गुणस्तरीय सेवा दिन ग्यास्ट्रोनोमी पर्यटन जोडदिनु पर्ने समय सान्दर्भिक भनाइहरू राखेका थिए।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु