• विमानस्थलको श्रम डेस्कमा मन्त्री श्रेष्ठको अनुगमन, सेवा प्रवाह प्रभावकारी बनाउन निर्देशनभष्ट्राचार मुक्त राज्य सन्यन्त्र र सेवा मुखी प्रशासनको कल्पनामा नै आगामी चुनाबमा स्थापित हुने आधार हुनरोटरी क्लब अफ कपनले विश्व पोलियो दिवस मनायो "पछिल्लो २४ घण्टामा देशैभरी थपिए ५५७ कोरोना संक्रमित, ३ जनाको मृत्युआज बजार परिसूचक २७ दशमलव ५१ अकंले बढेर समग्र परिसूचक २५८४ दशमलव ५२ बिन्दुमाआबुधाबी डाइलग’ मा सहभागि हुन मन्त्री श्रेष्ठ सहितको टोली दुबई प्रस्थानबैंक अफ काठमाण्डू लिमिटेडका ग्राहक महानुभावहरुलाई काठमाण्डौं गेस्ट हाउसका होटल तथा रिसोर्टहरुमा १५% छुटमनीष र रोनिशा पहिलोजिम्न्याष्टिक टोलीको बिदाइमिस्टर एण्ड मिस टिन सुपर मोडल,२०२१' को ताज रोजक र सुहानीको शिरमा

    आश्विन १४ गते देखी सिटी सेण्टरमा महिला चेम्बरको १५ दिने व्यापार मेला शुरु हुँदै

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलवार ०६:४३

    आश्विन १४ गते देखी सिटी सेण्टरमा महिला चेम्बरको १५ दिने व्यापार मेला शुरु हुँदै

    काठमाडौं- नेपाल महिला चेम्बरले अति महत्वको चाडबाड दशैलाई लक्षित गरि यहि आश्विन १४ गते देखी दशै बिशेष व्यापार मेला संचालनमा ल्याउने भएको छ ।उक्त मेला देशको राजधानी काठमाडौंको कमलपोखरी स्थित सिटी सेण्टरमा संचालनमा आउन लागेको हो ।

    मेलामा स्वदेशमा उत्पादित कृषिजन्य उत्पादन र अन्य उपभोग्य वस्तुहरु बिक्रीका लागि राखिनेछ । जस अन्तर्गत ढाका, उनी, पश्मिना, आभुषण, हेम्प र अर्गानिक, हर्बल, लत्ता कपडा, फूटवेयर, अर्गानिक चिया एवम् कफी, फ्रेगमेण्टेड क्याण्डल, फेस पेंण्टिङ् आदी सम्बन्धी वस्तुहरु रहने छन् ।

    आम उपभोक्ताको सहजतालाई ध्यानमा राख्दै मुख्य रुपमा नेपाली महिला उद्यमीहरुबाट उत्पादित स्वदेशी वस्तुहरुको प्रबर्धन गर्ने उदेश्यका साथ मेला आयोजनामा आउन लागेको जानकारी नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले जानकारी दिएकी छिन् ।

    सिटी सेण्टर एशोसियसन पार्टनर रहेको यस मेलाको प्रबर्धन साझेदारमा सोचेको डटकम र मिडिया साझेदारमा सरोकार टिभी रहेको महिला चेम्बरकी महासचिव लिमा अधिकारीले जानकारी दिएकी छिन्।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु