• सुमन जर्मनी जाँदै

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलवार १८:०१

    काठमाडौं,असोज १२ गते ।

    चिम्निज ओपन अन्तर्राष्ट्रिय करातेच्याम्पियनसिपमा सहभागी हुन कराते खेलाडी सुमन तिमल्सिना बिहीबार जर्मनीको चिम्निज जाँदै छन् ।

    अक्टोबर २ तारिखमा हुने प्रतियोगितामा सुमनले पुरुष सिनियर कातामा प्रतिस्पर्धा गर्ने छन् । अफिसियलमा स्वछम गुरुङ छन् । टोलीको हवाइ टिकट गोंगबुस्थित सागा एड्भन्चर टुर्स एन्ड ट्राभल्सले प्रायोजन गरिदिएको हो ।
    टोलीलाई सफलताको शुभकामना दिदै नेपाल गोजुरियो कराते डो संघ एवं एसियाली गोजुरियो कराते महासंघका महासचिव विआर मित्रले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे । टोली बिहीबार राती ११ बजे टर्किस एयरलाइन्सबाट जर्मनी प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु