• विमानस्थलको श्रम डेस्कमा मन्त्री श्रेष्ठको अनुगमन, सेवा प्रवाह प्रभावकारी बनाउन निर्देशनभष्ट्राचार मुक्त राज्य सन्यन्त्र र सेवा मुखी प्रशासनको कल्पनामा नै आगामी चुनाबमा स्थापित हुने आधार हुनरोटरी क्लब अफ कपनले विश्व पोलियो दिवस मनायो "पछिल्लो २४ घण्टामा देशैभरी थपिए ५५७ कोरोना संक्रमित, ३ जनाको मृत्युआज बजार परिसूचक २७ दशमलव ५१ अकंले बढेर समग्र परिसूचक २५८४ दशमलव ५२ बिन्दुमाआबुधाबी डाइलग’ मा सहभागि हुन मन्त्री श्रेष्ठ सहितको टोली दुबई प्रस्थानबैंक अफ काठमाण्डू लिमिटेडका ग्राहक महानुभावहरुलाई काठमाण्डौं गेस्ट हाउसका होटल तथा रिसोर्टहरुमा १५% छुटमनीष र रोनिशा पहिलोजिम्न्याष्टिक टोलीको बिदाइमिस्टर एण्ड मिस टिन सुपर मोडल,२०२१' को ताज रोजक र सुहानीको शिरमा

    पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु, ११५८ संक्रमित थपिए

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलवार १८:१३

    काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा एक हजार एक सय ५८ कोरोना संक्रमित थपिएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार मंगलबार १४ हजार तीनजनामा कोरोना परीक्षण गर्दा एक हजार एक सय ५८ जनामा संक्रमण पाइएको हो। आज थपिएकासँगै देशभर सक्रिय संक्रमित १८ हजार चार सय २२ छ।पाँच सयभन्दा बढी संक्रमित भएका जिल्ला नौ र दुई सयभन्दा बढी संक्रमित भएका जिल्ला २० वटा छन्।

    पछिल्लो २४ घन्टामा एक हजार तीन सय १८ जनाले संक्रमण जितेका छन्। यससँगै नेपालमा हालसम्म संक्रमणमुक्त हुने कुल संख्या सात लाख ६३ हजार सात सय ३४ रहेको छ।

    नेपालमा संक्रमणमुक्त हुने दर ९६ दशमलव ३ प्रतिशत छ। यस्तै, संक्रमणबाट पछिल्लो २४ घन्टामा १२ जनाको ज्यान गएको छ।अहिलेसम्म संक्रमणबाट ११ हजार एक सय १५ जनाको निधन भइसकेको छ।

    हाल देशभर ३६४ जना सघन उपचार कक्ष (आइसीयू),एक सय २० जना भेन्टिलेटर, १७ हजार एक सय २५ जना होम आइसोलेसन, एक हजार दुई सय ९७ जना संस्थागत आइसोलेसन र तीन सय २८ जना क्वारेन्टिनमा छन्।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु