बढ्दै गएको प्राज्ञिक विचलनलाई सन्तुलनमा ल्याउन सम्पदा अनुसन्धान सदनको शुभारम्भ तथा पुस्तक विमोचनसुष्मा र अस्मिता सेमिफाइनलमाच्याम्पियनसीप एमेच्योर सदभावलाई उपाधिनेपाल भलिबल संघ र केल्मीबीच तीन वर्षका लागि नयाँ सम्झौताराष्ट्रपति रनिङ सिल्डका लागि राष्ट्रपतिलाई निमन्त्रणाजनआन्दोलन दिवसको अवसरमा चैत २४ गते आजपाले विशाल जनप्रदर्शन गर्नेग्रील तथा स्टील ब्यवसायीहरुको फुटबल महासंग्राममा सानोभर्याङ ठुलोभर्याङ इकाई विजयीआज चैत १६ गते शुक्रबार, कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफलसंचारकर्मी रिजाल सक्रिय राजनीतिमामहिला, बालबालिकामन्त्री र फिनल्याण्डका राजदुतविच शिष्टाचार भेट

पछिल्लो २४ घण्टामा ११५७ जनामा कोरोना पुष्टि, ८ जनाको मृत्यु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ आश्विन १३ गते, बुधबार १८:२०

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ११५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसीआर र ऐन्टिजेन विधिबाट गरिएको १४ हजार ५४१ नमुना परीक्षणमा ११५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नेपाल हालसम्म पिसीआर र ऐन्टिजेन दुवै विधिबाट गरिएको ४७ लाख ७१ हजार ४५२ नमुना परीक्षणमा आज थपिएका ११५७ जनासँगै हालसम्म संक्रमित हुनेको संख्या ८ लाख ८५ हजार ५३६ जना संक्रमित भएका छन् ।

त्यस्तै आज १११३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज संक्रमण मुक्त भएका १११३ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ७ लाख ६४ हजार ८४७ रहेको छ । नेपालमा पछिल्ला केही सातायता संक्रमित हुने भन्दा निको हुनेको संख्या बढिरहेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । आज थपिएका ८ जनासँगै मृतकको संख्या ११ हजार १२३ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशैभरी १८ हजार १९३ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये १६ हजार ८७८ जना होम आइसोलेशन र १३१५ जना संस्थागत आइसोलेशनमा रहेका छन् । साथै विभिन्न अस्पतालका आइसीयुमा ३५४ जना आइसीयुमा र ९९ जना भेन्टिलेटरमा उपचाररत छन् । आज भेन्टिलेटर र आइसीयुमा उपचार गराउनेको संख्या पनि घटेको छ ।

नेपालमा हालसम्म कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लिनेको संख्या ७२ लाख १४ हजार ७४२ जना र ६२ लाख ३८ हजार १ जनाले दोस्रो मात्राको खोप लगाइसकेका छन् । साथै पछिल्लो २४ घण्टामा देशैभरी २ लाख ८६ हजार १४५ जनालाई कोरोना भाइरस विरुद्धको खोप लगाइएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु