• विमानस्थलको श्रम डेस्कमा मन्त्री श्रेष्ठको अनुगमन, सेवा प्रवाह प्रभावकारी बनाउन निर्देशनभष्ट्राचार मुक्त राज्य सन्यन्त्र र सेवा मुखी प्रशासनको कल्पनामा नै आगामी चुनाबमा स्थापित हुने आधार हुनरोटरी क्लब अफ कपनले विश्व पोलियो दिवस मनायो "पछिल्लो २४ घण्टामा देशैभरी थपिए ५५७ कोरोना संक्रमित, ३ जनाको मृत्युआज बजार परिसूचक २७ दशमलव ५१ अकंले बढेर समग्र परिसूचक २५८४ दशमलव ५२ बिन्दुमाआबुधाबी डाइलग’ मा सहभागि हुन मन्त्री श्रेष्ठ सहितको टोली दुबई प्रस्थानबैंक अफ काठमाण्डू लिमिटेडका ग्राहक महानुभावहरुलाई काठमाण्डौं गेस्ट हाउसका होटल तथा रिसोर्टहरुमा १५% छुटमनीष र रोनिशा पहिलोजिम्न्याष्टिक टोलीको बिदाइमिस्टर एण्ड मिस टिन सुपर मोडल,२०२१' को ताज रोजक र सुहानीको शिरमा

    नयाँ बसपार्कको लोत्से मलमा ‘एन्जेलिना व्यूटी सैलुन’को दशैँ अफर

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार १२:२४

    काठमाडौँ, १४ असोज । काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कभित्र रहेको लोत्से मलको तेस्रो तलामा रहेको ‘एन्जेलिना व्यूटी सैलुन’ले दशैँ अफर सार्वजनिक गरेको छ । एक महिनाअघि लोत्से मलमा स्थापना भएको उक्त सैलुनले चाडपर्वलाई लक्षित गरेर विशेष अफर सार्वजनिक गरेको हो । उक्त सैलुनले नजिकिँदो चाडपर्वलाई लक्षित गरेर रु २५ हजारमा गराउँदै आएको माइक्रोबेल्डिङ सम्बन्धि १५ दिने कोर्षलाई रु १५ हजारमा गराउने भएको छ । दशैँ अफर सार्वजनिक गरेसँगै अब रु ३५०० मा माइक्रोबेल्डिङ सेवा लिन सकिने भएको छ ।

    सैलुनकी सञ्चालक अञ्जना थापाले चाडपर्व लक्षित योजनअन्तर्गत विभिन्न कोर्ष र सेवामा एन्जेलिना व्यूटी सैलुनले २५ देखि ५० प्रतिशत सहुलियत प्रदान गरेको जानकारी दिनुभयो । यस्तै, उक्त सैलुनले एक हप्ताको सेल्फ मेक अफ कोर्ष रु पाँच हजारमा गराउने भएको छ । यसअघि उक्त कोर्षका लागि दैनिक एक हजार लिँईदै आएको थियो । ६ महिनाको व्यूटीसियन कोर्षको रु ७५ हजार लिँदै आएको एन्जेलिना व्यूटी सैलुनले चाडपर्व अफरअन्तर्गत ६ महिनाको कोर्ष अब ५० हजारमा गराउने भएको छ । यस्तै, उक्त सैलुनले हेयर स्टेटका लागि रु २०००, केराटिन उपचारका लागि रु ५००० र फेसियल १००० देखि ३५०० सम्म गराउन लागिएको छ । उक्त सेवा महिला तथा पुरुष दुबैले लिन सक्ने सञ्चालक थापाले बताउनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु