• ३०० घरधुरी बिपन्न परिवारलाई एनआरएनए बाट राहत सामग्री हस्तान्तरणश्रममन्त्री श्रेष्ठ र युएईका मानव संशाधन मन्त्री अवारबीच भेटवार्ताखेलकुद मन्त्रीको स्वागतसुमनको सहयोगबाग्मती प्रदेशमा मुख्यमन्त्री पदमा दाबी पेस गर्न प्रदेश प्रमुखको कार्यालयले आह्वाननेप्से आज १८.०६ अंकले बढेर दुई हजार ७ सय ६९ दशमलब १३ विन्दुमापछिल्लो २४ घण्टामा ६७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टिआपसी समझदारीमा नै न्यायालयको समस्या समाधान गर्नुपर्छ, भोलिसम्म सोलुसन निस्कियोस भन्ने शुभेच्छा छ’ : पूर्व न्यायाधीश पुरुषोत्तम भण्डारीPakistan Embassy helds talk Programme on Kashmir Disputeयस्तो छ आज देशभरिको मौसम पूर्वानुमान

    नवीनको प्ररिवारलाई आर्थिक सहयोग

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार १८:४७

    काठमाडौं, असोज १५ गते ।राष्ट्रिय खेलाडी कल्याणकारी कोषले पूर्व फुटबल खेलाडी एवं आर्मीका प्रशिक्षक नवीन न्यौपानेलाई शुक्रबार आर्थिक सहयोग प्रदान गरेको छ ।
    न्यौपानेको परिवारको स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग प्रदान गरिएको हो । न्यौपानेका बुवा÷आमा दुवै क्यान्सर रोगबाट पीडित छन् ।
    कोषका सदस्य–सचिव समेत रहेका नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले न्यौपानेलाई ७५ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरे ।
    कोषले समस्यामा परेका खेलाडी तथा उनका परिवारलाई कोषमा सन्चित रकमको ब्याचबाट आर्थिक सहयोग उपलब्ध गराउदै आएको छ । २०६५ सालमा कोष स्थापना भएपनि २०६८ मा कार्यविधि बनेपछि मात्र कोषमा १ करोड जम्मा गरिएको थियो । हाल कोषमा १ करोड ४० लाख रुपैयाँ रहेको र त्यसैको ब्याजबाट आर्थिक सहयोग उपलब्ध गराउदै आएको श्रेष्ठले जानकारी गराए ।
    विनाशकारी भूकम्प गएको वर्ष २०७२ मा कोषले सबै भन्दा बढी २७ लाख आर्थिक सहयोग वितरण गरेको थियो । त्यसबेला भूकम्पका कारण ज्यान गुमाएका र घर पूर्ण रुपमा क्षति भएका सम्बन्धितलाई आर्थिक सहयोग वितरण गरिएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु