• प्रकाश सपुत अभिनित ‘बेरुवाको औंठी’ सार्वजनिक (भिडियो )

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार ०७:४२

    काठमाडौं– गायन संगै अभिनय मार्फत दर्शक सोर्ताको मन जित्त्दै आएका गायक प्रकाश सपुत र चर्चित नायिका आँचल शर्मा अभिनित ‘बेरुवाको औंठी’ म्युजिक भिडियो सार्वजनिक भएको छ।

    लोक फ्लेवरको यस गीतमा चर्चित गायिका मेलिना राई र अमेरिका निवासी गायक लोक पौडेलको रहेको छ। गीतमा दिपक शर्माको शब्द, संगीत रहेको छ। नरेन्द्र वियोगीले गीतलाई संगीत संयोजन गरेका हुन्।

    अनिल के मानन्धरले छायांकन गरेको भिडियोमा पुजा दर्नाल र उज्ज्वल गज्मेलको कोरियोग्राफी रहेको छ। बिष्णु खड्काको सम्पादन रहेको भिडियोलाई राज खड्काको निर्देशनमा तयार पारिएको हो। मिरा मोशन पिक्चर्सको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु