• सलोनी शंकल्प स्नेह छात्रवृत्ति कोष ५१६७०हेर्नुस् आज मिति २०७८साल कार्तिक १ गते, साेमवारको राशिफलराष्ट्रिय फुटबल टोलीको प्रदर्शनले नयाँ आशा जगाएको छः युवा तथा खेलकुदमन्त्री गहतराजदशैंमा बिदापछि आजबाट सरकारी कार्यालय खुल्ला हुनेआईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट आजबाट शुरु हुँदैविजया दशमीको तेस्रो दिन आज पनि आफन्तजन तथा मान्यजनबाट टीका लगाउने र आर्सीवाद लिनेक्रम जारीगएराति काठमाडौं उपत्यकालगायत देशका विभिन्न भूभागमा हावाहुरीसहित वर्षादशै पछि प्रकृतिसंग एकछिनPakistan emphasizes to scale up investment in sustainable, resilient water infrastructureदसैँको पहिलो टीका लगाइसकेका जिल्लाका किसानलाई अहिले धान काट्न भ्याइनभ्याई

    गीतकार एंव संगीतकार मिना लामाको दशै गीत परदेशको पीडा सार्वजानिक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार १६:२२

    काठमाडौँ । गीतकार तथा संगीतकार मिना लामाको दशै गीत परदेशको
    पीडा(आमा)सार्वजनिक भएको छ । चाहबिल स्तुपा नजिकै रहेको जुम बर्गर फापारे
    सेलो साँझमा एक पत्रकार सम्मेलन गरि गीतको भिडियो मिना कृयसन युट्युब
    च्यानलमाफत सार्वजानिक गरेका हुन ।

    राजकुमार बानियाँको आवाज रहेको उक्त गीतमा मिना लामा स्वयंको शब्द, संगीत
    रहेको छ भने कृष्ण शताब्दीको संगीत संयोजन रहेको छ ।

    गीतलाई अजय रेग्मीले छायांकन, राजेश कुमारले भिडियो सम्पादन गरेका
    हुन्।गीतको भिडियोलाई शिव बिकले निर्देशन गरेका हुन्।

    गीतको म्युजिक भिडियोमा गौरी मल्ल, अमिर दोङ, सुधीर श्रेष्ठ, रमेश लामा,
    नविना ब्लोन, लोकेन लामा, विष्णु लामा र विशाल युद्धको अभिनय रहेको छ।

    कार्यक्रममा प्रमुख अतिथिका रुपमा तामाङ तथा सेलो गीत संगीत क्षेत्रका
    स्वरसम्राट चन्द्र कुमार दोङ रहेका थिए भने विशेष अतिथिको रुपमा तामाङ
    चलचित्र क्षेत्रका महानायक अमिर दोङ रहेका थिए । भिडियो सार्वजनिक
    कार्यक्रम डिजिएस अनलाईन, मिडिया नेपाली सेलो म्युजिक,सदाबहार टिभीको
    समन्वयमा सम्पन्न गरिएको थियो।कार्यक्रम डिजिएस अनलाईन टिभीका प्रस्तोता
    सिङ्ग मोक्तानको सभापतित्वमा सम्पन्न भएको हो।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु