• निशुल्क स्वास्थ परिक्षण तथा रक्तदान कार्यक्रम सम्पन्न

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार १७:४२

    असोज १६ ,काठमाडौ । लाजिम्पाटमा निशुल्क स्वास्थ परिक्षण तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

    नेकपा एकिकृत समाजवादी को काठमाडौं महानगरपालिका वडा २ कमिटीको आयोजनामा कोथिना मिठो छ रेस्टुरेन्ट प्राङ्गणमा एक दिने निशुल्क स्वास्थ परिक्षण सहित रक्तदान कार्यक्रम सम्पन्न भएको हो।

    शिविरमा ५५ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो । रक्तदान कार्यक्रमा पनि ३६ जनाको सहभागी रहेको थियौ ।

    नेकपा एकिकृत समाजवादी को काठमाडौं महानगरपालिका वडा नं.२ अध्यक्ष उदय कंसाकारको अध्यक्षता गरेको उक्त कार्यक्रमको प्रमुख अतिथी बागमती प्रदेश सभा सदस्य बसन्त मानन्धर रहनु भएको थियोे ।

    उक्त कार्यक्रमको अतिथिहरुमा राम कृष्ण सेढाई ,हरि भत्त श्रेष्ठ ,गोपाल श्रेष्ठ,सीता कार्की,श्याम बहादुर शाही,रोशन लामा,अचुत गुरूङ लगाएतको उपस्थिति थियो ।

    रगत अभावका कारण दैनिक विरामीहरुले ज्यान गुमाउनु परिरहेको अवस्थामा रगत अभावका कारण विरामीहरुको अकाल मृत्यु नहोस् भन्ने उद्देश्यका साथ रक्तदान कार्यक्रमको आयोजना गरिएको र आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने नेकपा एकिकृत समाजवादी नेता हरि भत्त श्रेष्ठले जानकारी दिनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु