बढ्दै गएको प्राज्ञिक विचलनलाई सन्तुलनमा ल्याउन सम्पदा अनुसन्धान सदनको शुभारम्भ तथा पुस्तक विमोचनसुष्मा र अस्मिता सेमिफाइनलमाच्याम्पियनसीप एमेच्योर सदभावलाई उपाधिनेपाल भलिबल संघ र केल्मीबीच तीन वर्षका लागि नयाँ सम्झौताराष्ट्रपति रनिङ सिल्डका लागि राष्ट्रपतिलाई निमन्त्रणाजनआन्दोलन दिवसको अवसरमा चैत २४ गते आजपाले विशाल जनप्रदर्शन गर्नेग्रील तथा स्टील ब्यवसायीहरुको फुटबल महासंग्राममा सानोभर्याङ ठुलोभर्याङ इकाई विजयीआज चैत १६ गते शुक्रबार, कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफलसंचारकर्मी रिजाल सक्रिय राजनीतिमामहिला, बालबालिकामन्त्री र फिनल्याण्डका राजदुतविच शिष्टाचार भेट

विश्वसामु नेपाललाई कृषिराष्ट्रको रूपमा चिनाउनुपर्ने भन्दै ज्ञानेश्वर दाहालले भने–‘अब कृषि क्रान्ति गर्न ढिला नगरौं’

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ आश्विन १७ गते, आईतवार १९:४४

काठमाडौं, १७ असोज । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सदस्य ज्ञानेश्वर दाहालले अब सबै नेपाली जनता र कृषि उद्योगीहरु कृषि क्रान्तिमा लाग्नुपर्ने बताएका छन् । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर दाहालले कृषि क्रान्तिमार्फत नेपाललाई कृषिमा आत्मनिर्भर बनाउनुपर्ने बताएका हुन् । यसको लागि अब ढिलो नगरी कृषि क्रान्ति गरिनुपर्ने उनको भनाई छ ।

दाहालले कृषि क्रान्तिपछि कुनै किसानले माइतीघर मण्डलामा ज्यान गुमाउन नपर्ने पनि जिकिर गरे । उनले किसानहरुमाथि दलाल गर्नेहरुको आफुहरुले अन्त्य गर्ने पनि बताए । उनले भने,‘कृषिमा आवद्ध भएका किसानहरु, कृिष विज्ञहरु, कृषि प्राविधिकहरु, एनजिओ दाताहरु, सबै नेपाली जनताहरु, उद्योग व्यवसायीहरु नेपाल कम्युनिष्ट पार्टीको दुप्चेस्वर कोल्डस्टोरको नेपाल कृषि क्रान्ति उद्योगमा समावेश हुनुहोस् ।’ उनले नेपाल आँफै स्वावलम्बन बन्न र परनिर्भरताबाट मुक्त हुनको लागि कृषि पेशाभन्दा अर्को दोस्रो विकल्प नरहेको स्पष्ट पारे ।

‘जसरी जनयुद्ध लडेका थियौं, त्यसरी नै कृषिमा नेपालीलाई आत्मनिर्भर बनाउन क्रान्ति गर्नुपर्ने’ उनको भनाई थियो । नेपालमा स्वालम्बी बनाउनको लागि कृषि क्रान्तिमात्र एक विकल्प रहेको उनले बताए । उनले युवाहरुलाई विदेश जानबाट रोक्नुपनि आजको आवश्यकत्ता भएको सुनाए ।

उनले आगामी पाँच वर्षभित्र नेपाललाई कृषिबाट स्वाबलम्बन बनाउन समेत सरकारसँग आग्रह गरे । उनले कृषि क्रान्तिमा सबै नेपालीहरु सहभागी भएर साथ दिन समेत अनुरोध गरे । उनले भने,‘कृषि क्रान्तिको लागि तपाईसँग जे छ त्यो लिएर आइदिनुहोस् ।’

उनले विश्वसामु नेपाललाई कृषि राष्ट्रको रुपमा चिनाउनु पर्नेमा जोड दिए । उनले पछिल्लो समयमा कम्युनिष्ट नेताहरुको भनाई एउटा र गराई अर्को भएको पनि गुनासो पोखे । उनले आफूले झापाका रामनाथ दाहाल र पोखराको पुष्पकमल दाहालसँगको संगत गरेको र उनीहरुको क्रान्तिले देशमा ठुलो विचलन ल्याएको समेत टिप्पणी गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु