काँग्रेस गोरखाको महाधिवेशन प्रतिनिधीमा लोकप्रिय मतका साथ सांसद दवाडी विजयी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ आश्विन १८ गते, सोमबार ०७:४०

गोरखा, १८ असोज । नेपाली काँग्रेस गोरखा क्षेत्र नं २ को महाधिवेशन प्रतिनिधीमा सांसद प्रकाशचन्द्र दवाडी अत्याधिक मतका साथ विजयी हुनुभएको छ ।

काँग्रेस गोरखाको शनिबार सम्पन्न क्षेत्रीय अधिवेशनको मतगणनाअनुसार सांसद दवाडीले ४३३ लोकप्रिय मत ल्याई विजयी हुनुभएको हो ।

लामो समयदेखि गोरखाको राजनीतिमा सक्रिय दवाडी गोरखा क्षेत्र नं २ प्रदेख (ख)बाट निवाचित सांसदसमेत हुनुहुन्छ । कुल ६९१ मतमध्ये सबैभन्दा बढी मत सांसद दवाडीको हो ।

उहाँले विस २०७२ सालमा सम्पन्न पार्टीको १३ औँ महाधिवेशनमा पनि लोकप्रिय मत ल्याई विजयी हुनुभएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु