• विमानस्थलको श्रम डेस्कमा मन्त्री श्रेष्ठको अनुगमन, सेवा प्रवाह प्रभावकारी बनाउन निर्देशनभष्ट्राचार मुक्त राज्य सन्यन्त्र र सेवा मुखी प्रशासनको कल्पनामा नै आगामी चुनाबमा स्थापित हुने आधार हुनरोटरी क्लब अफ कपनले विश्व पोलियो दिवस मनायो "पछिल्लो २४ घण्टामा देशैभरी थपिए ५५७ कोरोना संक्रमित, ३ जनाको मृत्युआज बजार परिसूचक २७ दशमलव ५१ अकंले बढेर समग्र परिसूचक २५८४ दशमलव ५२ बिन्दुमाआबुधाबी डाइलग’ मा सहभागि हुन मन्त्री श्रेष्ठ सहितको टोली दुबई प्रस्थानबैंक अफ काठमाण्डू लिमिटेडका ग्राहक महानुभावहरुलाई काठमाण्डौं गेस्ट हाउसका होटल तथा रिसोर्टहरुमा १५% छुटमनीष र रोनिशा पहिलोजिम्न्याष्टिक टोलीको बिदाइमिस्टर एण्ड मिस टिन सुपर मोडल,२०२१' को ताज रोजक र सुहानीको शिरमा

    स्वास्थ्य क्षेत्रका एक सफल व्यवसायी मुरारकाको सँघर्ष

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार १०:४७

    नमराज भट्ट

    जनकपुरको धनुषामा जन्मेका सुशान्त मुरारका आमाले दिएको दुई हजार लिएर काठमाडौँ छिरे । साथीको डेरामा बसेर मुरारका ‌त्यति बेला मार्केनटायल कम्युनिकेसन प्रालिमा जागिर गर्न थाले । मासिक ७ हजारमा दुई वर्ष सम्म काम गरेका मुरारकाले जागिर सँगसँगै काठमाडौं विश्वविद्यालय एमबिएसको अध्ययन पुरा गर्नुभयो ।

    एमबिए गरेपछि आफ्नै व्यवसाय शुरु गर्नुपर्छ भन्ने सोच आयो र काम गर्दागर्दै कहिले सानो काम गरेछु भन्ने मनमा लागेको थिएन उनको मनमा।

    त्यहीँ संघर्ष र मेहनतका कारण होला उनले नेपालमै एक अरब बराबरको वार्षिक औषधि र food supplimentary को कारोबार गरिरहेका छन्।

    सन् २००९ मे मा दिल्लीबाट व्यापारिक कारोबार सुरु गरेका मुरारका एकजना आफन्त संग मिलेर दिल्ली, बंगलादेश र श्रीलंकामा food supplementry लगायत medicine, Derma cosmetic सामग्री निर्यात गर्न थाले ।

    व्यवसाय राम्रोसँग चलिरहेको बेला विभिन्न झमेलाहरु थपिँदै गएको उहाँ बताउनुहुन्छ। दिल्लीमा करिब ३ बर्ष व्यवसायिक गरेको अनुभव र कमाइले केही लाख लिएर सन् २०१२ मा नेपाल फर्किए।

    भारतका विभिन्न औषधि कम्पनीका उत्पादनहरु नेपालमा आयात गरेर व्यवसाय सुरु गरिरहेका छन् । उनले भारतबाट नगदमा औषधि किनेर उधारोमा बिक्री गर्न शुरु गरे । तैपनि धेरै औषधि बिक्री नभएर‌ उत्पादन म्याद सिद्दियो। वर्षभरी मेहेनत गर्दापनि नाफा कमाउनु हम्मे हम्मे पर्थ्यो तर मैले हिम्मत हारेनन् । तीन वर्षको प्रयासपछि निरन्तर कम्पनीले नाफा कमाउन शुरु गर्यो। त्यसपछि भने कारोबारले छलाङ मारिरहेको छ। दिल्लीबाट फर्केर काठमाडौ आफन्तसँग सापटी मागेर करिब एक करोडको लगानीमा कारोबार सुरु गरेर सात आठ वर्षमै वार्षिक करिब एक अर्बको हाराहारीमा पुगेको छ।

    उनको काठमाडौंमा कर्पोरेट कार्यालय छ र ७७ वटै जिल्लाहरुमा कारोबार रहेको छ। नेपाल स्किन अस्पताल सहित काठमाडौंका चार वटा र नेपालगन्ज मेडिकल कलेजको शिक्षण अस्पताल र कोहलपुर गरेर ६ वटा अस्पतालहरुमा फार्मेसी चलाइरहेको छन्। यो वर्ष १० वटा फार्मेसी सञ्चालनमा आउनेछन्। अबको ५ वर्ष भित्र ३० वटा फार्मेसी सञ्चालन गर्ने योजना रहेको छ।

    मुरारका भन्छन :- विदेशबाट गुणस्तरीय औषधि आयात गरी देश भर फार्मेसी चलाउने योजना छ । फार्मेसीले कम्पनीको कारोबार दिगो हुन्छ। यसले गर्दा उपभोक्ताहरुले पनि सहजरुपमा सुपथ मूल्यमा गुणस्तरीय औषधि पाउन सक्नेछन्। अहिले मेरो कम्पनीमा २ सय जना कर्मचारीहरूलाई रोजगारी दिएको छु। मेरो आमाबुबाले आफ्नै देशमा काम गर्नुपर्छ भन्ने सपना पुरा गरेको छु। बुबाले त्यतिबेला मलाई अष्ट्रेलियामा उच्च शिक्षा अध्ययनको लागि पासपोर्ट बनाउन रोक्नु भएको थियो।

    व्यापारमा दिनरात खटिरहेका र नयाँ-नयाँ औषधिले लिइरहेका छन । पछिल्ला दिनहरुमा उहाँ काठमाडौँ, नेपालगन्ज लगायतदिल्ली सम्म पुगिरहेका हुन्छन्। औषधिको व्यापारमा उनको जीवनसंगिनीले पनि साथ दिइरहेकी छिन्। औषधि उत्पादन निकै संवेदनशील काम हो सानो गल्तीले पनि लाखौंको जीवन बर्बाद हुन सक्छ औषधिको उत्पादन सुरु गर्नुभन्दा पनि गुणस्तरीय उत्पादन गर्नु हाम्रो लक्ष्य हो त्यसैले हामीले अहिले अध्ययन अनुसन्धानमा केन्द्रित छौं र निकट भविष्यमै निष्कर्षमा पुग्छौ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु