• सलोनी शंकल्प स्नेह छात्रवृत्ति कोष ५१६७०हेर्नुस् आज मिति २०७८साल कार्तिक १ गते, साेमवारको राशिफलराष्ट्रिय फुटबल टोलीको प्रदर्शनले नयाँ आशा जगाएको छः युवा तथा खेलकुदमन्त्री गहतराजदशैंमा बिदापछि आजबाट सरकारी कार्यालय खुल्ला हुनेआईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट आजबाट शुरु हुँदैविजया दशमीको तेस्रो दिन आज पनि आफन्तजन तथा मान्यजनबाट टीका लगाउने र आर्सीवाद लिनेक्रम जारीगएराति काठमाडौं उपत्यकालगायत देशका विभिन्न भूभागमा हावाहुरीसहित वर्षादशै पछि प्रकृतिसंग एकछिनPakistan emphasizes to scale up investment in sustainable, resilient water infrastructureदसैँको पहिलो टीका लगाइसकेका जिल्लाका किसानलाई अहिले धान काट्न भ्याइनभ्याई

    मेलिनाको ‘जीवन गीत’मा आरोशी र दीपेश ( भिडियो )

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार १४:००

    काठमाडौं । मुर्तिकार, गायक तथा संगीतकार मन्जुल मितेरी र लोकप्रिय गायिका मेलिना राईको युगल गायनमा समावेश ‘जीवन गीत’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

    जीवन दर्शन र जीवनको यथार्थलाई प्रस्तुत गरिएको गीतमा लामो समय देखि जापानमा बस्दै आएका मुर्तिकार मन्जुल मितेरीको शब्द , संगीत रहेको छ। वादल लिम्बुले गीतलाई संगीत संयोजन गरेका हुन्।

    भिडियोको सम्पूर्ण छायांकन साइप्रसमा गरिएको हो। आना होन्छेनले छायांकन गरेको भिडियोमा आरोशी थापा र दीपेश मगर फिचर्ड छन्। अनिल रानाले भिडियोलाई सम्पादन गरेका हुन्।

    ए एस ए ग्रुप प्रोडक्सनको दोस्रो प्रस्तुतिको रुपमा सार्वजनिक गरिएको यस भिडियोलाई गीतकार सरिता लिङ्देनले निर्देशनमा तयार पारिएको हो। हाइलाइट्स नेपालको युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु