• विमानस्थलको श्रम डेस्कमा मन्त्री श्रेष्ठको अनुगमन, सेवा प्रवाह प्रभावकारी बनाउन निर्देशनभष्ट्राचार मुक्त राज्य सन्यन्त्र र सेवा मुखी प्रशासनको कल्पनामा नै आगामी चुनाबमा स्थापित हुने आधार हुनरोटरी क्लब अफ कपनले विश्व पोलियो दिवस मनायो "पछिल्लो २४ घण्टामा देशैभरी थपिए ५५७ कोरोना संक्रमित, ३ जनाको मृत्युआज बजार परिसूचक २७ दशमलव ५१ अकंले बढेर समग्र परिसूचक २५८४ दशमलव ५२ बिन्दुमाआबुधाबी डाइलग’ मा सहभागि हुन मन्त्री श्रेष्ठ सहितको टोली दुबई प्रस्थानबैंक अफ काठमाण्डू लिमिटेडका ग्राहक महानुभावहरुलाई काठमाण्डौं गेस्ट हाउसका होटल तथा रिसोर्टहरुमा १५% छुटमनीष र रोनिशा पहिलोजिम्न्याष्टिक टोलीको बिदाइमिस्टर एण्ड मिस टिन सुपर मोडल,२०२१' को ताज रोजक र सुहानीको शिरमा

    नेपालीका श्रम गन्तव्य देशमा खुला हुन थालेसँगै वैदेशिक रोजगारीले गति लिदै

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलवार ०७:४६

    काठमाडौं, असोज १९ । कोरोनाले डेढ वर्षदेखि थलिएको वैदेशिक रोजगारी बिस्तारै गति लिन थालेको छ । नेपालीका श्रम गन्तव्य देशमा खुला हुन थालेसँगै वैदेशिक रोजगारीले गति लिन थालेको हो ।

    वैदेशिक रोजगार विभागका अनुसार भदौमा मात्रै ३६ हजार ४० जना नेपालीले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् । जसमा एक हजार ८२२ महिला र ३४ हजार २१८ जना पुरुष गरी ३६ हजार ४० जनाले विदेश जान श्रम स्वीकृति लिएका हुन् । गत साउनमा २५ हजार ४२८ जना श्रम स्वीकृति लिएर विदेश गएको विभागले जनाएको छ ।

    महामारीको जोखिम कायम नै भए पनि रोजगारीका लागि विदेश जाने सबैभन्दा धेरै अदक्ष श्रमिक नै रहेको विभागको तथ्याङ्कले देखाएको छ ।

    विभागका अनुसार १८ हजार ७६१ जना पुरुष र ९४८ महिलाले अदक्ष श्रमिकका रूपमा श्रम स्वीकृति लिएका छन् भने १२ हजार ९३५ जना पुरुष र ६९० जना दक्ष महिलाले रोजगारीका लागि विदेश जान श्रम स्वीकृति लिएका छन् । यस्तै दुुई हजार ६७१ अर्धदक्ष श्रमिक विदेशिएका छन् ।

    २७ जना व्यावसायिक र आठ जना उच्च सीप भएकाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ । गोरखापत्र दैनिकबाट

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु