• सलोनी शंकल्प स्नेह छात्रवृत्ति कोष ५१६७०हेर्नुस् आज मिति २०७८साल कार्तिक १ गते, साेमवारको राशिफलराष्ट्रिय फुटबल टोलीको प्रदर्शनले नयाँ आशा जगाएको छः युवा तथा खेलकुदमन्त्री गहतराजदशैंमा बिदापछि आजबाट सरकारी कार्यालय खुल्ला हुनेआईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट आजबाट शुरु हुँदैविजया दशमीको तेस्रो दिन आज पनि आफन्तजन तथा मान्यजनबाट टीका लगाउने र आर्सीवाद लिनेक्रम जारीगएराति काठमाडौं उपत्यकालगायत देशका विभिन्न भूभागमा हावाहुरीसहित वर्षादशै पछि प्रकृतिसंग एकछिनPakistan emphasizes to scale up investment in sustainable, resilient water infrastructureदसैँको पहिलो टीका लगाइसकेका जिल्लाका किसानलाई अहिले धान काट्न भ्याइनभ्याई

    साफ च्याम्पियनसिप फुटबलमा नेपालले श्रीलंकामाथि रोमाञ्चक जित

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलवार ०७:५७

    काठमाडौं, १९ असोज । माल्दिभ्समा जारी १३औं संस्करणको साफ च्याम्पियनसिप फुटबलमा नेपालले श्रीलंकामाथि रोमाञ्चक जित निकालेको छ । माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा भएको खेलमा नेपालले श्रलंकालाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।

    खेलको ३१औं मिनेटमा गोल गर्दै सुमन लामाले नेपाललाई सुरूवाती अग्रता दिलाएका थिए । त्यस्तै खेलको ५१ औं मिनेटमा अन्जन विष्टले गोल गर्दैं नेपाललाई दुई गोलको अग्रता दिलाए । तर, खेलको ५७ औं मिनेटमा श्रीलंकाका माभिन हमिल्टनले गोल गर्दा खेल २–१ को अवस्थामा पुगेको थियो ।

    खेलको ४६ औं मिनेटमा मैदान प्रवेश गरेका आयुष घलानले ८५ औं मिनेटमा विजयी गोल गर्दै नेपाललाई जित दिलाए । खेलको अतिरिक्त समयमा श्रीलंकका डिलन डि सिल्भाले पेनाल्टी मार्फत गोल गदैं खेललाई ३–२ को अवस्थामा पुर्याएपनि श्रीलंकाको हार टार्न सकेनन् ।

    नेपालले १९८४ देखि अहिलेसम्म भएका १७ खेलमा श्रीलंकालाई तीन पटक मात्र हराएको थियो, यो जित श्रीलंका माथिको चौथो जित हो । नेपालले पहिलो खेलमा आयोजक माल्दिभ्सलाई १–० गोल अन्तरले पराजित गरेको थियो । नेपालले यस जित सँगै २ खेलमा ६ अंक जोड्दै शिर्ष स्थानमा उक्लिएको छ । श्रीलंकाको यो दोस्रो हार हो । पहिलो खेलमा बंगलादेशसँग १–० ले पराजित भएको

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु