• विमानस्थलको श्रम डेस्कमा मन्त्री श्रेष्ठको अनुगमन, सेवा प्रवाह प्रभावकारी बनाउन निर्देशनभष्ट्राचार मुक्त राज्य सन्यन्त्र र सेवा मुखी प्रशासनको कल्पनामा नै आगामी चुनाबमा स्थापित हुने आधार हुनरोटरी क्लब अफ कपनले विश्व पोलियो दिवस मनायो "पछिल्लो २४ घण्टामा देशैभरी थपिए ५५७ कोरोना संक्रमित, ३ जनाको मृत्युआज बजार परिसूचक २७ दशमलव ५१ अकंले बढेर समग्र परिसूचक २५८४ दशमलव ५२ बिन्दुमाआबुधाबी डाइलग’ मा सहभागि हुन मन्त्री श्रेष्ठ सहितको टोली दुबई प्रस्थानबैंक अफ काठमाण्डू लिमिटेडका ग्राहक महानुभावहरुलाई काठमाण्डौं गेस्ट हाउसका होटल तथा रिसोर्टहरुमा १५% छुटमनीष र रोनिशा पहिलोजिम्न्याष्टिक टोलीको बिदाइमिस्टर एण्ड मिस टिन सुपर मोडल,२०२१' को ताज रोजक र सुहानीको शिरमा

    मेरो जित नगरपालिकाको विकासको लागि पनि हो – सचिव फुयाल

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलवार १४:३९

    काठमाडौ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा काठमाडौको तारकेश्वर नगर सचिवमा राजु फुयाँल विजयी भएका छन् । उनले पार्टीको पदमा जितेको भए पनि आफूले नगरपालिका र नगरवासीको हितमा काम गर्ने बताएका छन् । केही दिनअघि भएको अधिवेशनमा उनले सम्मानजनक मत पाएर जितेका हुन् । उनले १ सय २६ मत पाएका छन् । युवा नेता फुयाँलले नगरको विकास निर्माण कार्यमा अतुलनीय योगदान गर्दै आएका छन् । आफूले गरेको सामाजिक कामलाई पत्याएर नै पार्टीका साथीहरुले मतदान गरेको हुनाले त्यो विश्वास घट्न नदिने उनले बताएका छन् ।

    निर्वाचित भइसकेपछि उनले आफ्ना योजना पनि अघि सारेका छन् । उनले २० वर्ष अघिदेखि कांग्रेसको विभिन्न पदमा रहेर काम गरिसकेका छन् । फुयाँलले कांग्रेसप्रति जनताको विश्वास भएकाले आगामी दिनमा पनि जनताको पक्षमा काम गर्नुपर्नेमा जोड दिएका छन् । ‘म नगर सचिवमा निर्वाचित हुँदा जति खुसी छु, त्यति नै जिम्मेवारीले थिचिएको महसुस पनि गरेको छु’ उनले भने ‘ म राजनीतिमा अरुलाई दिनका लागि लागेको हुनाले जति समस्या आए पनि जुध्दै र समाधान गर्दै जान्छु ।’ उनले आफ्नो कार्यकालमा कसैले गुनासो गर्नु नपर्ने पनि स्पष्ट पारेका छन् । उनले राजनीतिसँगै समाजसेवामा पनि योगदान दिने लक्ष्य लिएका छन् । ‘मेरो जीत यसो हेर्दा कांग्रेसको लागिमात्र जस्तो देखिएको छ तर मैले नगरपालिकाका लागि नै केही गर्ने सोच बनाएको छु ।’

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु