• सलोनी शंकल्प स्नेह छात्रवृत्ति कोष ५१६७०हेर्नुस् आज मिति २०७८साल कार्तिक १ गते, साेमवारको राशिफलराष्ट्रिय फुटबल टोलीको प्रदर्शनले नयाँ आशा जगाएको छः युवा तथा खेलकुदमन्त्री गहतराजदशैंमा बिदापछि आजबाट सरकारी कार्यालय खुल्ला हुनेआईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट आजबाट शुरु हुँदैविजया दशमीको तेस्रो दिन आज पनि आफन्तजन तथा मान्यजनबाट टीका लगाउने र आर्सीवाद लिनेक्रम जारीगएराति काठमाडौं उपत्यकालगायत देशका विभिन्न भूभागमा हावाहुरीसहित वर्षादशै पछि प्रकृतिसंग एकछिनPakistan emphasizes to scale up investment in sustainable, resilient water infrastructureदसैँको पहिलो टीका लगाइसकेका जिल्लाका किसानलाई अहिले धान काट्न भ्याइनभ्याई

    नेपाली कांग्रेस (बीपी) को उप–सभापतिमा ढकाल

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलवार १८:५०

    काठमाडौं । नेपाली कांग्रेस (बीपी) को उप–सभापतिमा विष्णुप्रसाद ढकाललाई मनोनयन गरिएको छ ।
    पार्टीको हालै बसेको केन्द्रीय समितिको बैठकले ढकाललाई उप–सभापतिमा मनोनयन गरेको गरेको पार्टीले जनाएको छ । भदौ ३० देखि असोज १ गतेसम्म भएको विशेष महाधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो । विशेष महाधिवेशनले सुशीलमान शेरचनलाई सभापतिमा चयन गरेको छ । उप–सभापतिमा मनोनीत भएका ढकाल विशेष महाधिवेशनमा केन्द्रीय सदस्य बनेका थिए । ढकाल झण्डै ४५ वर्षअघिबाट राजनीतिमा सक्रिय छन् ।
    ढकाल नेपाली कांग्रेसको राजनीतिबाट उदाएका हुन् । उनी काठमाडौंको धर्मस्थली गाउँ विकास समिति रहँदा पार्टीको ५ पटकसम्म सभापति भइसकेका छन् । उनी पार्टीको महासमिति सदस्य पनि भइसकेका छन् । नेपाली कांग्रेसले आफ्नो विचार र सिद्धान्त छोडेकाले आफूहरुले नयाँ पार्टी खोलेर त्यही विचारलाई आत्मसात गर्दै अघि बढेको उनको भनाई छ । उनले उप–सभापति भइसकेपछि भने ‘नेपाली कांग्रेस (बीपी) लाई गाउँ गाउँसम्म लाने मेरो योजना हो, त्यो भिजन मसँग छ ।’ उनले पार्टीले दिएको जिम्मेवारी इमान्दारिताका साथ पूरा गर्ने जनाएका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु