• सलोनी शंकल्प स्नेह छात्रवृत्ति कोष ५१६७०हेर्नुस् आज मिति २०७८साल कार्तिक १ गते, साेमवारको राशिफलराष्ट्रिय फुटबल टोलीको प्रदर्शनले नयाँ आशा जगाएको छः युवा तथा खेलकुदमन्त्री गहतराजदशैंमा बिदापछि आजबाट सरकारी कार्यालय खुल्ला हुनेआईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट आजबाट शुरु हुँदैविजया दशमीको तेस्रो दिन आज पनि आफन्तजन तथा मान्यजनबाट टीका लगाउने र आर्सीवाद लिनेक्रम जारीगएराति काठमाडौं उपत्यकालगायत देशका विभिन्न भूभागमा हावाहुरीसहित वर्षादशै पछि प्रकृतिसंग एकछिनPakistan emphasizes to scale up investment in sustainable, resilient water infrastructureदसैँको पहिलो टीका लगाइसकेका जिल्लाका किसानलाई अहिले धान काट्न भ्याइनभ्याई

    कांग्रेस सह-महामन्त्री डा. महतद्धारा नेपाली कांग्रेस काठमाडौं ५ र नुवाकोटका निर्वाचित प्रतिनिधिहरुको सम्मानमा बधाई तथा शुभकामना कार्यक्रम आयोजना

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलवार १९:१६

    काठमाडौं, १९ असोज । नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले पार्टीको १४ औं महाधिवेशनको क्रममा कार्यकर्ताहरुमा अपूर्व उत्साह र ऊर्जा थपिएको बताउनुभएको छ ।

    काठमाडौं क्षेत्र नं ५ र नुवाकोट जिल्लाका वडा र गाँउ नगर अधिवेशनबाट निर्वाचित कार्यसमितिका पदाधिकारी तथा क्षेत्रीय प्रतिनिधिको सम्मानमा आयोजित बधाई तथा शुभकामना कार्यक्रम पछि उहाँले सो कुरा बताउनुभएको हो ।

    उहाँले यो उत्साह र ऊर्जाले आउदो चुनावमा नेपाली कांग्रेसलाई अत्यधिक बहुमतले बिजयी गराउने संकल्प पूरा गर्न थप प्रेरित गरेको पनि बताउनुभएको छ ।

    बधाई तथा शुभकामना कार्यक्रम पछि डा. महतले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘ सम्पूर्ण साथीहरुमा देखिएको उत्साहले नेपाली कांग्रेसलाई वैचारिक रुपमा सबल, संगठित,अनुशासित र लोकप्रिय बनाएर आगामी निर्वाचनमा अत्यधिक बहुमतले विजयी बनाउने साझा संकल्प पूरा गर्ने आत्मविश्वास बढाएको छ ।’

    सह-महामन्त्री डा.महतले नेपाली कांग्रेसको १४ औं महाधिवेशनको क्रममा वडा , गाउँ / नगर, क्षेत्र र जिल्ला अधिवेशनमा लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित हुनुभएका पदाधिकारी र क्षेत्रीय तथा महाधिवेशन प्रतिनिधि साथीहरुलाई हार्दिक बधाई ज्ञापन गर्नुभएको छ ।

    उहाँले काठमाडौं जिल्ला क्षेत्र नं ५ र नुवाकोटबाट निर्वाचित पदाधिकारी र प्रतिनिधिहरुलाई विजयादशमीको उपलक्ष्यमा आयोजित चियापान कार्यक्रममा स्वागत गर्न पाउँदा अत्यन्त हर्षित भएको पनि उल्लेख गर्नुभएको छ ।

    सहमहामन्त्री डा. महतले विजया दशमी २०७८ को शुभउपलक्ष्यमा नेपाली कांग्रेसमा आबद्ध, यसप्रति सद्भाव राख्नु हुने, लोकतान्त्रिक राजनीतिक व्यवस्थाप्रति प्रतिबद्ध र नेपालप्रति माया गर्नुहुने समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य,दीर्घायु,सुख-शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना दिनुभएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु