• सलोनी शंकल्प स्नेह छात्रवृत्ति कोष ५१६७०हेर्नुस् आज मिति २०७८साल कार्तिक १ गते, साेमवारको राशिफलराष्ट्रिय फुटबल टोलीको प्रदर्शनले नयाँ आशा जगाएको छः युवा तथा खेलकुदमन्त्री गहतराजदशैंमा बिदापछि आजबाट सरकारी कार्यालय खुल्ला हुनेआईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट आजबाट शुरु हुँदैविजया दशमीको तेस्रो दिन आज पनि आफन्तजन तथा मान्यजनबाट टीका लगाउने र आर्सीवाद लिनेक्रम जारीगएराति काठमाडौं उपत्यकालगायत देशका विभिन्न भूभागमा हावाहुरीसहित वर्षादशै पछि प्रकृतिसंग एकछिनPakistan emphasizes to scale up investment in sustainable, resilient water infrastructureदसैँको पहिलो टीका लगाइसकेका जिल्लाका किसानलाई अहिले धान काट्न भ्याइनभ्याई

    कालभैरब खुल्ला जुनियर उसु हुने

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलवार १९:४२

    काठमाडौं ।यहि असोज २० र २१ गते दशरथ रङ्गशाला स्थित मिनि कभर्डहलमा कालभैरब उसु क्वानको आयोजनामा प्रथम कालभैरब खुल्ला जुनियर उसु प्रतियोगिता हुने भएको छ।ू प्रतियोगितामा ४० भन्दा बढी उसु क्वानका करिब ३०० जना खेलाडीहरुको सहभागीता रहने आयोजकका अध्यक्ष निकेश श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी गराएका छन् ।
    प्रतियोगितामा सान्सौमा २० र थाउलोमा १८ गरि जम्मा ३८ स्पर्धामा प्रतिस्पर्धा हुने कार्यक्रम संयोजक अमर पुलामी मगरले बताएका छन्।
    जुनियरबाटै भविष्यमा प्रतिभावान खेलाडीको पहिचान गर्न सकिने भएकोले यो प्रतियोगिता गराउन लागिएको हो । कोभिड(१९ का कारण लामो समय उसुका कुनै प्रतियोगिता नभएकोले उसु खेलसंग अबद्ध ब्यक्तित्वहरु मिलेर यो प्रतियोगिता आयोजना गरिएको हो । यस जुनियर उसु प्रतियोगिताले खेलाडीहरुमा नयाँ जोस र उर्जा थप्नुका साथै खेलाडीहरुको खेलस्थर वृद्धिमा समेत टेवा पुग्ने आशा गरेका छौ । करिब ७ लाख ५० हजार अनुमानित वजेटमा गर्न लागिएको यस प्रतियोगिताको लागि आर्थिक सहयोग भने खेलाडी तथा खेलप्रेमी महानुभावहरुबाट संकलन गरिएको कोषाध्यक्ष विजय सिंजालिले बताएका छन् ।
    यस कार्यक्रमका प्रमुख अतिथिको रुपमा पूर्व स्वास्थ मन्त्री एवम् सभासद प्रतिनिधिसभा माननीय गगन थापा रहने साथै उहाँ बाट १३ औ दक्षिण एसियाली खेलकुदमा सहभागी उसु खेलाडीहरुलाई सम्मान तथा प्रोत्साहन गर्ने कार्यक्रम समेत रहेको यस प्रतियोगिताका सचिव हरि प्रसाद गोलेले बताएका छन्।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु