• सलोनी शंकल्प स्नेह छात्रवृत्ति कोष ५१६७०हेर्नुस् आज मिति २०७८साल कार्तिक १ गते, साेमवारको राशिफलराष्ट्रिय फुटबल टोलीको प्रदर्शनले नयाँ आशा जगाएको छः युवा तथा खेलकुदमन्त्री गहतराजदशैंमा बिदापछि आजबाट सरकारी कार्यालय खुल्ला हुनेआईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट आजबाट शुरु हुँदैविजया दशमीको तेस्रो दिन आज पनि आफन्तजन तथा मान्यजनबाट टीका लगाउने र आर्सीवाद लिनेक्रम जारीगएराति काठमाडौं उपत्यकालगायत देशका विभिन्न भूभागमा हावाहुरीसहित वर्षादशै पछि प्रकृतिसंग एकछिनPakistan emphasizes to scale up investment in sustainable, resilient water infrastructureदसैँको पहिलो टीका लगाइसकेका जिल्लाका किसानलाई अहिले धान काट्न भ्याइनभ्याई

    गलाक मुवाँथाई फाइटको तयारी पूरा

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलवार १९:४५

    काठमाडौ ।राष्ट्रिय मुवाँथाई संघ नेपाल र गलाक द लाइफ स्टायल प्रा.लि. को संयुक्त आयोजनामा हुने प्रथम गलाक मुवाँथाई फाइटको तयारी पूरा भएको छ ।
    त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बुधबार हुने एकदिने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् ।
    फाइटअन्तर्गत पुरुषतर्फ मात्र ७ स्पर्धामा भिडन्त हुने छ । प्रत्येक स्पर्धामा समान २–२ खेलाडीबीच प्रतिस्पर्धा हुने अध्यक्ष कक्षपतिले जानकारी दिए ।
    उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई काठमाडौंमै ३ महिनापछि हुने गलाक ग्रान्ड च्याम्पियनसिपका लागि छनोट गरिने छ । त्यस्तै उत्कृष्ट २ खेलाडीलाई गलाकले अनुबन्ध गर्ने पनि अध्यक्ष कक्षपतिले बताए ।
    प्रतियोगितामा केन्द्रीय मुवाँथाई क्लब, गलाक मुवाँथाई क्लब, जिमखाना मुवाँथाई क्लब, गोकर्णेश्वर मुवाँथाई क्लब, सुकेधारा मुवाँथाई क्लब, फ्रेन्डसिप मुवाँथाई क्लब र नेपाल आर्मीका खेलाडीको सहभागिता रहने छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु