• सलोनी शंकल्प स्नेह छात्रवृत्ति कोष ५१६७०हेर्नुस् आज मिति २०७८साल कार्तिक १ गते, साेमवारको राशिफलराष्ट्रिय फुटबल टोलीको प्रदर्शनले नयाँ आशा जगाएको छः युवा तथा खेलकुदमन्त्री गहतराजदशैंमा बिदापछि आजबाट सरकारी कार्यालय खुल्ला हुनेआईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट आजबाट शुरु हुँदैविजया दशमीको तेस्रो दिन आज पनि आफन्तजन तथा मान्यजनबाट टीका लगाउने र आर्सीवाद लिनेक्रम जारीगएराति काठमाडौं उपत्यकालगायत देशका विभिन्न भूभागमा हावाहुरीसहित वर्षादशै पछि प्रकृतिसंग एकछिनPakistan emphasizes to scale up investment in sustainable, resilient water infrastructureदसैँको पहिलो टीका लगाइसकेका जिल्लाका किसानलाई अहिले धान काट्न भ्याइनभ्याई

    एनआरएनए चुनावः डा. बद्री केसी टिमद्वारा उम्मेदवारी घोषणा

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलवार २०:१३

    काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष
    डा.बद्री केसीको टिमले उम्मेदवारी घोषणा गरेको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर केसीको टिमले संघको १०औं विश्व सम्मेलनका लागि उम्मेदवारी घोषणा गरेको हो ।

    एनआरएनए अध्यक्षका प्रत्यासी केसीले उम्मेदवारी घोषणा गर्दै विभिन्न प्रतिवद्धता पनि सार्वजनिक गरेका छन् । केसीले वैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन सरकार, कूटनीतिक नियोग लगायतसँग सहकार्य गर्ने बताएका छन् ।

    त्यस्तै,वैदेशिक रोजगारीमा जाने नेपालीहरुको न्यूनतम तलव अन्तराष्ट्रिय मापदण्ड अनुसार निर्धारण गरिने, श्रम स्वीकृति नवीकरण, बीमा नवीकरण तथा श्रमसम्बन्धी अन्य समस्याका लागि नेपाल धाउनुपर्ने बाध्यकारी व्यवस्थालाई अन्त्य गर्ने समेत प्रतिवद्धता व्यक्त गरेका छन् ।

    ‘समृद्धि र रुपान्तरण, हाम्रो साझा अभियान’ भन्ने नारा दिएका
    डा. केसीले उपाध्यक्षमा हेमराज शर्मा (युके), डिबी क्षेत्री (ओमान), धर्मराज अधिकारी (अष्ट्रेलिया), यासमिन बेगम शैयद (साउदी अरेबिया) लाई उम्मेदवार बनाएका छन् ।

    त्यस्तै महासचिवमा गौरीराज जोशी (अमेरिका),सचिवमा रामशरण सिमखडा (युके), ओम गुरुङ (जापान),चिरञ्जीवी घिमिरे (क्यानडा) र महिला सहकोषाध्यक्ष यमुना भट्टराई (अमेरिका) ले उम्मेदवारी घोषणा गरेका छन् ।

    गैरआवासीय नेपाली संघको अध्यक्षमा कुल आचार्य र रविना थापाले यसअघि नै उम्मेदवारी घोषणा गरिसकेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु