असोज २२ गते दशरथ रङ्गशालामा नेपालमै पहिलोपटक एलबिटी भलिबल प्रतियोगिता हुने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ आश्विन २० गते, बुधबार १६:३३

काठमाडौं, २० असोज । समावेशी मन्च नेपालले असोज २२ गते यौनिक तथा लैगिक अल्पसंख्यक महिला समलिंङ्गि, द्विलिंगि र ट्रान्सम्यान (एलबिटी)को एक दिने राष्ट्रिय भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर नेपालमा पहिलो पटक दशरथ रंगशालाको कभर्ड हलमा २२ असोजको शुक्रबार प्रतियोगिता आयोजना गरिने जानकारी दिएको हो ।

कार्यक्रममा बोल्दै समावेशी मन्च नेपालकी अध्यक्ष दिलु बुदुजा (बद्री पुन)ले समाजमा विभिन्न थरीका व्यक्ति र समुह रहेको बताइन् । उनले भनिन्, ‘समाज रहेका कति व्यक्तिले हाइफाइ जीवन व्यतित गरेका छनु भने कोही ओझेलमा परेका छन् ।’ ओझेलमा परेका समलिंगीकोबिच प्रतियोगिता गर्ने र उनीहरुको क्षमता अभिवृद्धि गर्न उनले लागेको बताइन् ।

पछि परेका सम्ुदायका व्यक्तिहरुलाई अगाडि बढाउने लक्ष्यका साथ प्रतियोगिता आयोजना गर्न खोजेको उनको भनाई थियो । समाजमा रहेको खाडललाई समानता ल्याउनको लागि आफूहरुले प्रयास गरेको जानकारी दिइन् । समाज र परिवारको कारण समलिंगीहरुले आत्महत्या गरिरहेको उल्लेख गरिन् । कार्यक्रम सम्पन्न गर्न सबैलाई सहयोग गर्न अपिल गरिन् । आफ्नो संस्थाले स्थापनाकालदेखि नै नेपालैभरी छरिएर रहेका यौकिक तथा अल्पसंख्यक वर्गका सामाजिक, सास्कृतिक मौलिक हक अधिकार मानव अधिकार र आर्थिक सशक्तिकरण र उत्थानको लागि क्रियाशिल रुपमा कार्य गर्दै आइरहेको स्पष्ट पारिन् ।

विश्वभरी फैलिएको यो काभिडको महामारीमा धेरैको रोजगार खोसिएको साथै स्वास्थ्य उपचार समेत गर्न नपाई आधारभुत आवश्यकता समेत पुर्ति गर्न नसक्दा मानसिक रुपले पीडित भई केहीले आत्महत्या समेत गरेको बताइन् । मानसिक, शारिरीक तथा सामाजिक स्वास्थ्यमा पुर्नताजगि गराई समाजमा मर्यादित, सम्मानित र स्वस्थ्य जीवन जिउनको लागि उत्पेरणा दिने उद्देश्यले प्रतियोगिता गर्न लागेको बताए ।

नेपाल टेलिभिजनकी कार्यक्रम निर्माता नेहा शर्माले यौनिक तथा अल्पसंख्यक वर्गका समलिंगीहरुलाई सहयोगार्थ कार्यक्रममा पत्रकारहरुको न्युन उपस्थिति हँुदा चिन्ता व्यक्त गरिन् । समावेशी मञ्च नेपालले गरेको कार्यक्रम अत्यन्तै राम्रो र उपयोगी हुने बताइन् । उनले लैगिक यौनिकको कारण धेरैले रोजगार गुमाउन समेत परेको सुनाइन् । पछाडी परेका समलिंगिहरुलाई क्रियाशील बनाउन, मनोबल उच्च राख्न र उर्जाशिल बनाउने कार्यक्रम गरेको भन्दै समावेशी नेपाललाई धन्यवाद दिइन् । उच्च मनोबल लिएर प्रतियोगितामा भाग लिन प्रतियोगीहरुलाई आग्रह गरीन् ।

भलिबल तालिम लिइरहेकी सुशान्त दनुवारले समावेशी मञ्च नेपालले अवसर दिएको भन्दै खुशी व्यक्त गरिन् । उनले भनिन् ‘धेरै प्रतिभा भएका साथीहरुको त्यो स्थानमा लैजाने बाटो थिएन् आज समावेशी मञ्च नेपालले अवसर दिएको छौ, अत्यन्तै हर्षित र उत्साही छौ ।’ सबै प्रतियोगीहरु निकै खुशी भएको बताइन् । आगामाी दिनमान पनि यस्तै खाले कार्यक्रमको आयोजना गर्न पनि आग्रह गरिन् ।

प्रेस विज्ञप्ति

समावेशी मञ्च नेपाल, योैनिक तथा लैंगिक अल्पसंख्यक महिला समलिङ्गि, द्वि लिङ्गि र ट्रान्सम्यान समुदायहरुको मौलिक हक अधिकार र मानव अधिकारको रक्षाको लागि क्रियाशिल गैरनाफामुलक सामजिक संस्था हो । वि.सं २०६९ सालमा दर्ता भएको यस संस्था अमानवीय रुपले सामाजिक विभेदमा र अवहेलनामा परेका यौनिक तथा लैंगिक अल्पसंख्यक वर्गहरु संगठित भई संचालन गरेको समाजिक संस्था हो ।

स्वतन्त्रा, समानता, सामाजिक मर्यादाका लागि अहिंसात्मक तरिकाले क्रियाशिल यस संस्थाले स्थापना काल देखि नेपालैभरि छरिएर रहेका यौनिक तथा लंैगिक अल्पसंख्यक वर्गको सामाजिक, सांस्कृतिक, मौलिक हक अधिकार, मानव अिधकार र आर्थिक सशक्तिकरण र उत्थानको लागि क्रियाशिल रुपमा कार्य गर्दै आईरहेको छ ।

पुरुष र महिलाहरु भन्दा फरक यौनिकता भएका महिला समलिङ्गि, द्वि लिङ्गि र ट्रान्सम्यान अझै पनि गाँस, वास, कपास, शिक्षा र स्वास्थ्य जस्ता आधारभुत आवश्यकताबाट बञ्चित भईरहेका छन् । साथै यस समुदाय भित्र पर्ने मानिसहरु यसै समाजका पुरुष तथा महिलाहरुबाट बिभिन्न किसिमका लाञ्छना र अपहेलित हुनु परेकोले आफ्नो वास्तविक पहिचानलाई बाहिर प्रस्फुटन गर्न सकेका छैनन् ।

यसरी आफ्नो पहिचानलाई आफै भित्र दबाएर राख्नु पर्दा सामाजिक, मानसिक तनाब सहनु बाध्य त छ नै त्यसैमा पनि यस समुदायका मानिसहरु शारीरिक रुपमा पनि विभिन्न किसिमका समस्याहरु झेल्दै आईरहेका बेला विश्वभरी फैलिएको यो कोभिडको माहामारीमा धेरैको रोजि रोटी खोसिनुका साथै स्वस्थ्य उपचार समेत गर्न नपाई आधारभूत आवश्यकता समेत पुर्ति गर्न नसक्दा मानसिक रुपले पिडित भई केहीले विकल्पमा आत्महत्या समेत रोज्ने गरोको हुँदा यस्तो समयमा वहाँहरुको मानसिक, शारिरीक तथा सामाजिक स्वस्थ्यमा पुर्नताजगि गराई समाजमा मर्यादित, सम्मानित र स्वश्थ जिवन जिउनको लागि उत्प्रेरणा दिने उद्देश्यले यहि असोज २२ गते २०७८ (अक्टुबर ८, २०२१) का दिन एक दिने ीद्यत् राष्ट्रिय भलिबल प्रतियोगिता कार्यक्रम दशरथ रèशालाको कभर्ट हलमा आयोजना गरिएको छ ।

यस कार्यक्रमलाई सफल बनाउन यहाँहरुको मिडियाबाट समाचार सम्प्रेषण गरिदिई हाम्रो यस अभियानमा हातेमालो गरिदिनु हुन विनम्र अनुरोध गर्दछौ ।

……………………….
दिलु बुदुजा (बद्री पुन)
अध्यक्ष
समावेशी मञ्च नेपाल
मितिः २०७८=०६=२० गते

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु