• सलोनी शंकल्प स्नेह छात्रवृत्ति कोष ५१६७०हेर्नुस् आज मिति २०७८साल कार्तिक १ गते, साेमवारको राशिफलराष्ट्रिय फुटबल टोलीको प्रदर्शनले नयाँ आशा जगाएको छः युवा तथा खेलकुदमन्त्री गहतराजदशैंमा बिदापछि आजबाट सरकारी कार्यालय खुल्ला हुनेआईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट आजबाट शुरु हुँदैविजया दशमीको तेस्रो दिन आज पनि आफन्तजन तथा मान्यजनबाट टीका लगाउने र आर्सीवाद लिनेक्रम जारीगएराति काठमाडौं उपत्यकालगायत देशका विभिन्न भूभागमा हावाहुरीसहित वर्षादशै पछि प्रकृतिसंग एकछिनPakistan emphasizes to scale up investment in sustainable, resilient water infrastructureदसैँको पहिलो टीका लगाइसकेका जिल्लाका किसानलाई अहिले धान काट्न भ्याइनभ्याई

    साधना लघुवित्त वित्तिय संस्थाको नयाँ शाखा कटहरीया नगरपालिकाकाे जलैयामा पनी

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार १९:४४

    गाेरखा। २०७४ मंसीर ३ गते देखि सन्चालनमा आएको राष्ट्रिय स्तरको साधना लघुवित्त वित्तिय संस्था लि.ले रौतहट जिल्लाको कटहरीया नगरपालिकाको वडा न.६ जलैयाचोकमा मिति २०७८।०६।१७ गते नयां शाखा कार्यालय औपचारिक रुपमा उदघाटन गरेको छ । उदघाटन कार्यक्रममा प्रमुख अतिथी कटहरीया नगरपालिकाको मेयर श्री सियाराम प्रसाद कुशवाहा तथा कार्यक्रमको सभापतिमा शाखा कार्यालय जलैयाको १ नं केन्द्रको केन्द्र प्रमुख श्रीमति गायत्री देवी रहनु भएको थियो । त्यसै गरि विशिष्ठ अतिथीहरुमा कटहरीया नगरपालिका वडा नं ६ को वडाध्यक्ष श्री शम्भु प्रसाद यादव, साधना लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालयको नायब महाप्रबन्धक श्री सिताराम पंडित त्यसैगरि अतिथीहरुमा वाइसिएल जिल्ला इन्चार्ज श्री अजित कुमार कुश्वाहा, वडा नं ६ को वडा सदस्यहरु, समाजसेवीको साथै विभिन्न केन्द्रबाट आउनु भएका सदस्य तथा अभिभावक गरि करीब १२० जनाको सहभागिता रहेको थियो ।

    कार्यक्रममा स्वागत मन्तव्य तथा संस्थागत सेवाहरु कर्जा बचत, विमा रेमिटान्स तथा समाजिक उत्तरदायित्व अन्तर्गतको सेवाहरुको बारेमा संस्थाको केन्द्रीय कार्यालयको प्रतिनधि नायब महाप्रबन्धक श्री सिताराम पंडितले प्रकाश पार्नु भएको थियो । शाखा कार्यालयको औपचारिक उदघाटन प्रमुख अतिथी कटहरीया नगरपालिकाको मेयर श्री सियाराम प्रसाद कुशवाहाले दिप प्रजवलन तथा रिवन काटेर कारोवारको शुभारम्भ गर्नु भएको थियो ।

    संस्थाले हाल सम्ममा हिमाल, पहाड र तराईका गरी ९३ वटा शाखा कार्यालयहरु मार्फत संस्थाको ३१ वटा जिल्लाका ७६ हजार भन्दा वढी विपन्न परिवारमा पुगेको छ र हाल सम्म संस्थाको लगानीमा रहेको कर्जा ३ अर्व ७५ करोड र बचत रु. ९० करोड भन्दा वढी सदस्यहरुवाट संकलन गर्न सफल भएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु