दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

चाडबाड भन्दा स्वास्थ्य ठुलो

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ आश्विन २० गते, बुधबार २१:०१

डा.बिकास रिजाल
कन्सल्टेन्ट फिजिसियन

दशैं तिहार र छठ पर्व जस्ता महत्वपूर्ण चाड पर्व नजिकिँदै छ। कोरोना भाइरसका कारण यो बर्षको चाडपर्व पनि फिक्का जस्तै हुने भएको छ। गाउँघर तिर होस या सहर सबैतिर माहामारीको त्रास छ।

गत बर्षदेखि दशै तिहार र छठ लगायतका चाडपर्वहरूमा भेटघाट गर्ने, किनमेल गर्ने‌ र टिका थप्न जानेभन्दा महामारीलाई मध्य नजर गर्दै पर्याप्त स्वास्थ्य सजगता अपनाउनु जरुरी छ।

कोरोना भाइरसको संक्रमणले धनी, गरिब, नेता, कार्यकर्ता, चिकित्सक, स्वास्थ्यकर्मी कसैलाई पनि छोडिरहेको छैन भन्ने उदाहरण थुप्रै छ। हाम्रो देशमा पनि बिगत २ वर्ष देखि सुरु भएको संक्रमण आइपुग्दा लाखौं सँख्यामा संक्रमण भइसकेका छन् र मृत्यु हुनेको संख्या पनि हजारौँको सङ्ख्यामा छ।

यो महामारीको चपेटाबाट देशका कुनै पनि जिल्ला बच्न सकेको छैन । यसको खोप पूर्ण रुपमा लगाइसकेको छैन। त्यसैले यसबाट बच्ने एउटै उपाय भनेको स्वास्थ्य सचेतना अपनाएर जिउनु हो। भिडभाडमा नजाने, मास्क लगाएर मात्र बाहिर निस्कने, अनावश्यक रुपमा बाहिर नजाने, सावुनपानीले नियमित हात धुने, सेनिटाइजर लगाउने, स्वस्थकर खानेकुरा खाने र व्यायाममा ध्यान दिनु नै यो महामारीबाट बच्ने सचेतना हो।

हामी चिकित्सकहरुले पनि यही कुरालाई महत्व दिइरहेका छौं। स्वास्थ्य संबेदनशीलतालाई ध्यानमा राखेर हामीलाई पनि घरमै बसेर चाडपर्व बनाउने बाध्यता आएको छ ।

स्वास्थ्य रहे दशै तिहार त अर्को वर्ष पनि मनाउँला तर स्वास्थ्य नै रहेन भने चाडपर्वको अर्थ रहदैन। कोरोना भाइरस समुदाय स्तरमा फैलिइसकेकाले सचेतना अपनाउन अत्यन्त जरुरी छ।

विशेष गरी दीर्घरोगीका बिरामीहरुले आफ्नो स्वास्थ्यको बारेमा विशेष ध्यान पुर्याउनुहोला । कुन समयमा कुन औषधि खानुपर्छ ध्यान दिनु जरुरी छ। सुगर, प्रेसर, कोलेस्टेरोल जस्ता बिरामीहरुले पनि नियमित रुपमा खाना खाने, सरसफाईमा ध्यान दिनु पर्ने हुन्छ। ज्वरो, रुघाखोकी तथा स्वासप्रस्वासमा एक्कासी कुनै समस्या आएमा चिकित्सक तथा स्वास्थ्यकर्मी संघ परामर्श लिनुपर्दछ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु