• सलोनी शंकल्प स्नेह छात्रवृत्ति कोष ५१६७०हेर्नुस् आज मिति २०७८साल कार्तिक १ गते, साेमवारको राशिफलराष्ट्रिय फुटबल टोलीको प्रदर्शनले नयाँ आशा जगाएको छः युवा तथा खेलकुदमन्त्री गहतराजदशैंमा बिदापछि आजबाट सरकारी कार्यालय खुल्ला हुनेआईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट आजबाट शुरु हुँदैविजया दशमीको तेस्रो दिन आज पनि आफन्तजन तथा मान्यजनबाट टीका लगाउने र आर्सीवाद लिनेक्रम जारीगएराति काठमाडौं उपत्यकालगायत देशका विभिन्न भूभागमा हावाहुरीसहित वर्षादशै पछि प्रकृतिसंग एकछिनPakistan emphasizes to scale up investment in sustainable, resilient water infrastructureदसैँको पहिलो टीका लगाइसकेका जिल्लाका किसानलाई अहिले धान काट्न भ्याइनभ्याई

    विश्वभर कोरोना भाइरसको संक्रमण घट्दै

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २१ आश्विन २०७८, बिहीबार ०६:१६

    काठमाडौं, २१ असोज । विश्वभर कोरोना भाइरसको संक्रमण घट्दै गएको छ । संक्रमण घटेसँगै विश्वमा नयाँ उत्साह र आशा जागेको छ ।

    गएको एक हप्ताबीच कोरोना भाइरसको संक्रमण ९ प्रतिशतले घटेको छ । २७ सेप्टेम्बर देखि ३ अक्टोबरबीच ३१ लाख नयाँ संक्रमित भेटिएका छन् । ५४ हजारको मृत्यु भएको छ । यो अघिल्लो हप्ताको तुलनामा घट्दो दर हो ।

    मृत्यु दर ४ प्रतिशतले घटेको छ । विश्वभर अगष्ट महिनाको तुलनामा सेप्टेम्बरमा कोरोना संक्रमित र मृत्यु दर घट्दो छ । अफ्रिका, दक्षिणपूर्वी एशिया, अमेरिका, युरोपमा संक्रमण दर निकै घटेको छ ।

    रोकथामको उपाय र भ्याक्सिनका कारण पनि संक्रमण दर घटेको बताइन्छ । संक्रमण घटेपछि विश्वभर आर्थिक तथा सामाजिक गतिविधि बढ्ने अपेक्षा गरिएको छ ।

    कोरोना भाइरसको महामारीले विश्वमा मानिसहरुको दैनिक जीवनमा नकारात्मक असर पर्दै आएको छ । यसले विपन्न वर्ग निकै समस्यामा परेका छन् ।-

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु