• सलोनी शंकल्प स्नेह छात्रवृत्ति कोष ५१६७०हेर्नुस् आज मिति २०७८साल कार्तिक १ गते, साेमवारको राशिफलराष्ट्रिय फुटबल टोलीको प्रदर्शनले नयाँ आशा जगाएको छः युवा तथा खेलकुदमन्त्री गहतराजदशैंमा बिदापछि आजबाट सरकारी कार्यालय खुल्ला हुनेआईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट आजबाट शुरु हुँदैविजया दशमीको तेस्रो दिन आज पनि आफन्तजन तथा मान्यजनबाट टीका लगाउने र आर्सीवाद लिनेक्रम जारीगएराति काठमाडौं उपत्यकालगायत देशका विभिन्न भूभागमा हावाहुरीसहित वर्षादशै पछि प्रकृतिसंग एकछिनPakistan emphasizes to scale up investment in sustainable, resilient water infrastructureदसैँको पहिलो टीका लगाइसकेका जिल्लाका किसानलाई अहिले धान काट्न भ्याइनभ्याई

    ३३ दिनमा सकियो “प्रेमगन्ज” को काठमाडौं छायांकन

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २१ आश्विन २०७८, बिहीबार १३:४१

    काठमाडौ ।अघिल्लो लकडाउनमा छायांकन सुरु भएको चलचित्र “प्रेमगन्ज”को काठमाडौं सेड्युल ३३ दिनमा सकिएको छ । यस भन्दा पहिले नै २७ दिन सुट भैसकेको चलचित्रको काठमाडौंमा ३३ दिन छाँयाकन भएको हो । अझै चलचित्रको सम्पुर्ण सुट सक्न भने १५ दिन लाग्ने छ जुन दशै पछिको कार्यतालिका अनुसार काभ्रेको नाला ,दोभानटार , सुनापाती र मादनमा हुने छ ।

    सामान्य तया नेपाली चलचित्रको छायाकंन ४० दिनको रहने गर्छ । अझ धेरै जस्तो चलचित्र त २५ देखि ३० दिन मात्रै सुट चल्ने गर्छ । तर चलचित्र प्रेमगन्जको भने ७५ दिन छाँयाकन चल्ने छ ।

    अन्य तिन वटा नेपाली चलचित्र खिचे झै तपाइँले यस्मा त्यस्तो के विशेष खिच्नु भयो र यत्रो समय लाग्यो ? भन्ने प्रश्नमा निर्देशक परिच्छेद सेनले भने “अन्य नेपाली चलचित्रमा पचपन्न देखि एक सयको हराहारी सम्म्को दृश्य संख्या हुन्छ । यसमा ए÷बि सहित तीन सय पचास दृश्य छ । लगभग दस हजार सट छ । त्यस मध्य पनि लोकेशन अतिनै सिफ्ट छ । त्यसकारण पनि धेरै दिन लागेको होला त्यो बाहेक त्यस्तो अरु कुनै विशेष कारण नभएको बताए ।

    तीन सय पचास दृश्य र दसहजार सटको चलचित्र कस्तो बन्ला त्यो भने हेर्न बाँकी नै छ । चलचित्र २०२२ मा प्रदर्शन हुने बताइएको छ ।

    सेनको लेखन तथा निर्देशनमा निर्माण भैरहेको चलचित्र लाई सन्जय लामाले छायांकन गरिरहेका छ्न भने चलचित्रको कार्यकारी भुमिकामा अनन्तमान श्रेष्ठ छ्न । “प्रेमगन्ज“ चलचित्र चौतारीको ब्यानरमा निर्माण भैरहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु