• सलोनी शंकल्प स्नेह छात्रवृत्ति कोष ५१६७०हेर्नुस् आज मिति २०७८साल कार्तिक १ गते, साेमवारको राशिफलराष्ट्रिय फुटबल टोलीको प्रदर्शनले नयाँ आशा जगाएको छः युवा तथा खेलकुदमन्त्री गहतराजदशैंमा बिदापछि आजबाट सरकारी कार्यालय खुल्ला हुनेआईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट आजबाट शुरु हुँदैविजया दशमीको तेस्रो दिन आज पनि आफन्तजन तथा मान्यजनबाट टीका लगाउने र आर्सीवाद लिनेक्रम जारीगएराति काठमाडौं उपत्यकालगायत देशका विभिन्न भूभागमा हावाहुरीसहित वर्षादशै पछि प्रकृतिसंग एकछिनPakistan emphasizes to scale up investment in sustainable, resilient water infrastructureदसैँको पहिलो टीका लगाइसकेका जिल्लाका किसानलाई अहिले धान काट्न भ्याइनभ्याई

    बडादशैंकोे आज दोस्रो दिन, दशैँघर, देवीमन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रह्मचारिणीको मन्त्रोच्चारणसहित विधिपुर्वक पूजाअर्चना गरिंदै

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार ०७:४८

    काठमाडौं, असोज २२ । बडादशैंकोे आज दोस्रो दिन, दशैँघर, देवीमन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रह्मचारिणीको मन्त्रोच्चारणसहित विधिपुर्वक पूजाअर्चना गरिंदै छ। घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजागर्ने परम्परा छ ।

    नवरात्रको पहिलो दिन हिजो दशैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो । दोस्रो दिन आज पूजा स्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिदैं छ ।

    तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।

    ब्रह्मचारिणी देवीलाई ब्रम्ह विद्याशक्तिकी माताको रुपमा पूजाअर्चना गर्ने प्रचलन छ। ब्रहमचारिणी देवीको आराधनाले व्यक्तिलाई ब्रम्ह अनुसार आचरण गर्ने शक्ति प्राप्त भई ब्रह्मचर्य जस्तो परम पदमा पुग्न सकिने शास्त्रहरुमा उल्लेख छ।

    सांसारिक मायामोहको जञ्जालबाट मुक्त गराई व्यक्तिलाई ज्ञानमा आकर्षित गरी मानवचोला सार्थक बनाउन साधकलाई ब्रह्मचारिणी देवीको अनुकम्पा आवश्यक हुने बताइएको छ।ब्रह्मचारिणी देवीलाई भक्तिको प्रतीक मानिन्छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु