दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि दशैँको बिदामा डिपोहरू खुला

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ आश्विन २२ गते, शुक्रबार ७:५५

काठमाडौं, असोज २२ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि दशैँको बिदामा डिपोहरू खुला राख्ने भएको छ । बजारमा पेट्रोलियम पदार्थको अभाव हुन नदिन सार्वजनिक बिदामा पनि डिपोहरू खुला राख्न निर्देशन दिइएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी र्दिए ।

दशैँमा सार्वजनिक बिदा हुने र सार्वजनिक यातायातको चाप बढ्ने भएकाले पम्पहरू खुला राख्न निगमले निर्देशन गरेको छ । प्रवक्ता उपाध्यायले भने, “दशैँमा कुनै पनि स्थानमा पेट्रोलियम पदार्थको अभाव हुँदैन, आपूर्ति निरन्तर चल्छ, माग बढ्ने भएकाले हामी सोहीअनुसार तयारी अवस्थामा छौँ ।” निगमका अनुसार सामान्य अवस्थाको तुलनामा दशैँ, तिहारमा करिब २५ प्रतिशतले पेट्रोलियम पदार्थको माग बढ्छ ।

आपूर्ति सहज भएकाले समस्या नहुने निगमको दाबी छ । हाल निगमले कुल क्षमताको ७५ प्रतिशत पेट्रोलियम पदार्थको भण्डारण गरेको छ । ६८ हजार किलोलिटर भण्डारण क्षमता छ । जुन नेपालमा सात दिनका लागि पुग्छ ।

मासिक दुई अर्ब घाटा
निगमको मासिक घाटा दुई अर्ब १० करोड रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धिसँगै निगमको घाटा पनि वृद्धि भएको छ । हरेक १५ दिनमा एक अर्ब पाँच करोड रुपैयाँ घाटा भइरहेको निगमले जनाएको छ । पेट्रोलमा प्रतिलिटर करिब छ, डिजलमा तीन र एलपी ग्यासमा प्रतिसिलिन्डर चार सय ९५ रुपैयाँ घाटा रहेको उपाध्यायले बताए । १५ दिनमा एलपी ग्यासमा ७३ करोड रुपैयाँ घाटा रहेको उनको भनाई रहेको आजको गोरखापत्र दैनिकमा खवर छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु