• विमानस्थलको श्रम डेस्कमा मन्त्री श्रेष्ठको अनुगमन, सेवा प्रवाह प्रभावकारी बनाउन निर्देशनभष्ट्राचार मुक्त राज्य सन्यन्त्र र सेवा मुखी प्रशासनको कल्पनामा नै आगामी चुनाबमा स्थापित हुने आधार हुनरोटरी क्लब अफ कपनले विश्व पोलियो दिवस मनायो "पछिल्लो २४ घण्टामा देशैभरी थपिए ५५७ कोरोना संक्रमित, ३ जनाको मृत्युआज बजार परिसूचक २७ दशमलव ५१ अकंले बढेर समग्र परिसूचक २५८४ दशमलव ५२ बिन्दुमाआबुधाबी डाइलग’ मा सहभागि हुन मन्त्री श्रेष्ठ सहितको टोली दुबई प्रस्थानबैंक अफ काठमाण्डू लिमिटेडका ग्राहक महानुभावहरुलाई काठमाण्डौं गेस्ट हाउसका होटल तथा रिसोर्टहरुमा १५% छुटमनीष र रोनिशा पहिलोजिम्न्याष्टिक टोलीको बिदाइमिस्टर एण्ड मिस टिन सुपर मोडल,२०२१' को ताज रोजक र सुहानीको शिरमा

    च्याङ्ग्राको मूल्य सुनेरै तर्सिनुपर्ने अवस्था

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार ०६:४२

    पोखरा, असोज २३ । नेपालको उत्तरी नाका डेढ वर्षदेखि ठप्प छ । माथिल्लो मुस्ताङ, गोरखालगायतका हिमाली क्षेत्रको दैनिकी नै नाकाले मुस्किल बनाइरहेको छ । नाका बन्द भएपछि हिमाली जनजीवन मात्र होइन, नेपालका पहाडी र शहरियाहरूको भान्सा पनि महँगो भएको छ ।

    सधैँजसो च्याङ्ग्राले दशैँ मनाउने पोखरा र आसपासका उपभोक्तालाई यस वर्ष च्याङ्ग्राको मूल्य सुनेरै तर्सिनुपर्ने अवस्था आएको छ । यस वर्ष तिब्बततिरबाट भेडा, च्याङ्ग्रा झरेनन् । मुस्ताङका किसानको गोठमा भर पर्दा भाउ महँगो भएको व्यवसायीहरू बताउँछन् ।

    तिब्बतबाट च्याङ्ग्रा नआएपछि स्थानीय किसानले भाउ ह्वात्तै बढाए । ‘गोठमै महँगो छ । बाटोमा भेटेरिनरी कर, पालिकाको कर तिर्दै ल्याउँदा मुल्यले आकाश छोयो’, व्यापारी गंगा केसीले भने, ‘मुस्ताङबाट पोखरा झार्न मात्र ११ दिन लाग्छ । हाम्रो दुस्ख छाडेर बेच्दा पनि बिक्न गाह्रो छ ।’

    उनले मात्र २०० वटा भेडा, च्याङ्ग्रा झारेका छन् । रोजेर लिने च्याङ्ग्राको मूल्य न्यूनतम ४७ हजार रुपैयाँ पर्ने उनले सुनाए । ‘गोठमै ४१ हजार भन्छन् । सबै खर्च कटाउँदा ५० हजार नाघ्छ’, उनले थपे, ‘मूल्य भन्दा पनि डराउनुपर्ने अवस्था आएको छ । उपभोक्ता मूल्य सुन्दै फर्किँदै गर्नुहुन्छ ।’

    अघिल्लो वर्ष २८ हजार रुपैयाँ हाराहारी पर्ने मूल्य झण्डै उत्ति नै महँगिएको आजको राजधानी दैनिकमा खवर छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु