• विमानस्थलको श्रम डेस्कमा मन्त्री श्रेष्ठको अनुगमन, सेवा प्रवाह प्रभावकारी बनाउन निर्देशनभष्ट्राचार मुक्त राज्य सन्यन्त्र र सेवा मुखी प्रशासनको कल्पनामा नै आगामी चुनाबमा स्थापित हुने आधार हुनरोटरी क्लब अफ कपनले विश्व पोलियो दिवस मनायो "पछिल्लो २४ घण्टामा देशैभरी थपिए ५५७ कोरोना संक्रमित, ३ जनाको मृत्युआज बजार परिसूचक २७ दशमलव ५१ अकंले बढेर समग्र परिसूचक २५८४ दशमलव ५२ बिन्दुमाआबुधाबी डाइलग’ मा सहभागि हुन मन्त्री श्रेष्ठ सहितको टोली दुबई प्रस्थानबैंक अफ काठमाण्डू लिमिटेडका ग्राहक महानुभावहरुलाई काठमाण्डौं गेस्ट हाउसका होटल तथा रिसोर्टहरुमा १५% छुटमनीष र रोनिशा पहिलोजिम्न्याष्टिक टोलीको बिदाइमिस्टर एण्ड मिस टिन सुपर मोडल,२०२१' को ताज रोजक र सुहानीको शिरमा

    प्रशान्ति एकेडेमीमा दुर्गा पुजा

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार १७:५५

    काठमाडौं । काठमाडौंको बुढानीलकण्ठको कपनमा रहेको प्रशान्ति एकेडेमीले विद्यालयमा दुर्गा माताको मन्दिर स्थापना गरी पुजा गरेको छ ।
    विद्यालयले अभिभावक र विद्यार्थीहरुको उपस्थितिमा नवरात्रको दोस्रो दिन दुर्गा भवानीको विशेष पुजा गरेको प्रिन्सिपल समिर बाँस्तोलाले जनाए । उनका अनुसार वैदिक मन्त्र उच्चारण गरी विशेष पुजाको साथ नयाँ मुर्ति स्थापना गरिएको हो । पुजा अर्चनाका साथमा विद्यार्थीहरुले भजन गाएका थिए भने सांस्कृतिक नृत्यहरु पनि प्रस्तुत गरिएको विद्यालयले जनाएको छ । दशै अगाडिको अन्तिम ‘स्कुल डे’ मा राखिएको उक्त कार्यक्रममा विद्यार्थीहरुलाई धर्म, कला संस्कृतिबारे पनि जानकारी गराइएको प्रिन्सिपल बास्तोलाले जनाए । विगतका वर्षहरुमा पनि विद्यालयमै ठूलो लिंगे पिङ लगाइने गरिएको थियो । त्यसका साथै सबैको दशैंको अनुभव आदानप्रदान गर्ने, चंगा उडाई प्रतियोगिता पनि गर्ने गरिएको थियो । ‘यो पटक भने मन्दिर स्थापन गरेरै धार्मिक कार्यबाट ज्ञान दिलाउँ भन्ने अभिप्राय हो’ उनेले भने ‘यस्ता प्रकारका क्रियाकलापले विद्यार्थीको प्रयोगात्मक शिक्षामा पनि हौसला बढ्ने गरेको पाइन्छ ।’ उनले आगामी वर्षमा पनि यस्तै प्रकारका नयाँ कार्यक्रम गर्दै जाने स्पष्ट पारेका छन् ।
    प्रिन्सिपल बाँस्तोलाले कार्यक्रम सम्पन्न गनर्का लागि तयारी गर्ने समूहलाई समेत धन्यवाद दिएका थिए । विद्यालयले आगामी दिनमा चाडबाड र संस्कृतिबारे जानकारी दिन विभिन्न धर्म तथा चाडपर्वसम्बन्धी प्रदर्शनी गर्ने योजना बनाएको छ । कार्यक्रममा प्रिन्सिपल बाँस्तोलाले सबैमा बडादशैको शुभकामना दिएका छन् । अन्त्यमा विद्यार्थीहरु तथा उपस्थितलाई गुरुज्युबाट टीका र जमरा प्रदान गरिएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु