बढ्दै गएको प्राज्ञिक विचलनलाई सन्तुलनमा ल्याउन सम्पदा अनुसन्धान सदनको शुभारम्भ तथा पुस्तक विमोचनसुष्मा र अस्मिता सेमिफाइनलमाच्याम्पियनसीप एमेच्योर सदभावलाई उपाधिनेपाल भलिबल संघ र केल्मीबीच तीन वर्षका लागि नयाँ सम्झौताराष्ट्रपति रनिङ सिल्डका लागि राष्ट्रपतिलाई निमन्त्रणाजनआन्दोलन दिवसको अवसरमा चैत २४ गते आजपाले विशाल जनप्रदर्शन गर्नेग्रील तथा स्टील ब्यवसायीहरुको फुटबल महासंग्राममा सानोभर्याङ ठुलोभर्याङ इकाई विजयीआज चैत १६ गते शुक्रबार, कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफलसंचारकर्मी रिजाल सक्रिय राजनीतिमामहिला, बालबालिकामन्त्री र फिनल्याण्डका राजदुतविच शिष्टाचार भेट

साधना लघुवित्तको नयाँ शाखा काठमाडौँकाे नागर्जुनमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ आश्विन २३ गते, शनिबार १८:०३

काठमाडौँ । साधना लघुवित्तले काठमाडौँ जिल्लाको नागर्जुनमा नयाँ शाखा उद्घाटन गरेको छ । संस्थाले शनिबार एक कार्यक्रम गरी काठमाडौँमा पहिलो शाखाको रूपमा नागार्जुन शाखा कार्यालय उद्घाटन गरेको हो ।

शाखा कार्यालयको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैङ्कका सञ्चालक रामजी रेग्मीले लघुवित्तले घरदैलोमा बैंकिङ्ग सेवा पुर्याउन भूमिका खेल्दै आएको बताए । राष्ट्र बैङ्कले नेपालमा क, ख, ग, घ वर्ग जस्ता संस्थाहरू नेपालमा कति वटा चाहीने हो प्रस्ट रूपमा अध्ययन गरेर नयाँ संस्थाको लाइसेन्स दिनुपर्ने बताएका छन् ।

संस्थाले चालु आर्थिक वर्षको असोज महिनामा १६ वटा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । कार्यक्रममा बोल्दै लघुवित्तका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले ४ वर्षअघि ६७ जना व्यक्ति, एनसिसि बैङ्क र साङ्ग्रिला विकास बैङ्क प्रमोटर रहेर साधनाको जन्म भएको बताए । कार्यक्रममा बोल्दै वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले ग्रामिण तथा सहरी क्षेत्रमा वित्तीय सेवा सँगै वित्तीय साक्षरता आजको आबश्यकता रहेको हुदा वित्तीय साक्षरता कार्यक्रमलाइ जोड दिई राज्यको दुर दराजमा सहज, सरल र उत्कृष्ट वित्तीय सेवा उपलब्ध गराउन बित्तीय संस्था प्रतिबद्ध रहेको बताउनु भयो ।

४ वर्षको छोटो अबधिमा वित्तीय संस्थाले ३१ जिल्लामा ९३ वटा शाखा कार्यालय मार्फत ३ अर्ब ८० करोड कर्जा लगानी गरेको छ । गोरखाको हरमटारीमा केन्द्रीय कार्यालय रहेको वित्तीय संस्थाले ७७ हजार भन्दा बढी घरपरिवारलाई प्रत्यक्ष वित्तीय सेवा दिँदै आएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु