• विमानस्थलको श्रम डेस्कमा मन्त्री श्रेष्ठको अनुगमन, सेवा प्रवाह प्रभावकारी बनाउन निर्देशनभष्ट्राचार मुक्त राज्य सन्यन्त्र र सेवा मुखी प्रशासनको कल्पनामा नै आगामी चुनाबमा स्थापित हुने आधार हुनरोटरी क्लब अफ कपनले विश्व पोलियो दिवस मनायो "पछिल्लो २४ घण्टामा देशैभरी थपिए ५५७ कोरोना संक्रमित, ३ जनाको मृत्युआज बजार परिसूचक २७ दशमलव ५१ अकंले बढेर समग्र परिसूचक २५८४ दशमलव ५२ बिन्दुमाआबुधाबी डाइलग’ मा सहभागि हुन मन्त्री श्रेष्ठ सहितको टोली दुबई प्रस्थानबैंक अफ काठमाण्डू लिमिटेडका ग्राहक महानुभावहरुलाई काठमाण्डौं गेस्ट हाउसका होटल तथा रिसोर्टहरुमा १५% छुटमनीष र रोनिशा पहिलोजिम्न्याष्टिक टोलीको बिदाइमिस्टर एण्ड मिस टिन सुपर मोडल,२०२१' को ताज रोजक र सुहानीको शिरमा

    ‘मैले कसैको पैसा खाएको छैन्, प्रमाणित भए कानूनसम्मत सजाय भोग्न तयार छु’ : बाल तपस्वी उत्तम भट्ट महाराज

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार १८:५८

    काठमाडौँ, २३ असोज । बाल तपस्वी उत्तम भट्ट महाराजले आफूमाथि लाखौं रकम खाएको भनेर लगाईएको आरोपमा कुनै सत्यता नभएको स्पष्ट पारेका छ्न । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले नुवाकोट थानसिंह घर भएकी होमकुमारी ओझाले १२ लाख रकम खाएको भनेर आफूमाथि लगाएको आरोपमा कुनै सत्यता नभएको खण्डन गरेका हुन् ।

    २०७१/०७२ सालमा नुवाकोटमा भागवत सप्ताह आयोजना गर्दा ती महिलासँग चिनजान भएको भट्टको भनाई छ । उनले भने,‘त्यो बेलामा चिनजान भएको हो । उहाँकै पहलमा सप्ताह आयोजना गरिएको थियो । त्यो कार्यक्रममा के/कति खर्च भएको हो भन्ने कुरा उहाँले जान्ने विषय हो । उहाँसँगको सहकार्यमा हामीले केही कार्यक्रम गरेका थियौं । तर, पछि उहाँले मेरो यति खर्च भयो, उति भयो भनेर पैसा माग्न थालेपछि मैले सहकार्य नगरेको हो ।’ ओझासँगको सहकार्य आफूले टुटाएपछि प्रतिशोधको भावनाले आफूमाथि हुँदै नभएको आरोप लगाएर मानहानी गरेको पनि भट्टको दाबी छ ।

    उनले आफूमाथि लगाएको आरोप आफ्नो व्यक्तिगत जीवनमाथि लगाईएको आरोपमात्रै नभएर समग्र हिन्दू धर्ममा आस्था राख्ने सम्पूर्णमाथि नै प्रहार भएको पनि टिप्पणी गरेका छन् । आफूमाथि लगाइएको आरोप पुष्टि भए जस्तोसुकै कानूनी सजाय भोग्नपनि आफू तयार रहेको उनले स्पष्ट पारे । उनले भने,‘१२ लाख रुपैयाँ खाएको नक्कली फोटोकपीको आधारमा म माथि गलत आरोप लगाइएको छ । कुनै प्रमाण छ भने त्यसलाई न्यायसम्मत ढंगले अघि आएर कानूनी उपचार खोज्नुहोस, तर यस्तो हुँदै नभएको विषयलाई कसैलाई फसाउने नियोजित षड्यन्त्र भने नगर्नुहोस ।’

    उनले ओझाले बिना प्रमाण झुठो आरोप लगाएकोमा आपत्ति जनाए । । उनले भने,‘केहीदिन अगाडि केही मिडियाबाट मेरो गलत प्रचार गरियो । मैलै कसैको पैसा खाएको छैन्, यदि मैलै पैसा खाएको भए म कानूनसम्मत् सजाय भोग्न म तयार छु ।’ उनले आफूलाई ओझाले विभिन्न माध्यमबाट धम्की दिईरहेको पनि सुनाए । उनले भने,‘कतिसम्म भने मैले पैसा नबुझाए बल प्रयाग गरेर उठाउने समेत धम्की आएको छ । मैले पैसा नदिए उठाएर नुवाकोट लैजानेसम्मको धम्की दिनुभएको छ ।’

    उनले आफूले कसैको पैसा नखाएको जिकिर गरे । उनले भने,‘एउटा फोटोकपी देखाएर पैसा खायो भन्न मिल्छ ? फोटोकपी त जोसित पनि हुनसक्छ । त्यो सक्कल प्रमाण देखाउनुपर्छ । उहाँले कुनै कानूनी आधारविना तथ्यहीन कुरालाई अगाडि बढाउनु भएको छ । सही भएको भए कानूनी प्रक्रियामार्फत मसित पैसा उठाउन सक्नुहुन्छ । तर, उहाँले त्यस्तो गर्नुभएन ।’

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु