• ३०० घरधुरी बिपन्न परिवारलाई एनआरएनए बाट राहत सामग्री हस्तान्तरणश्रममन्त्री श्रेष्ठ र युएईका मानव संशाधन मन्त्री अवारबीच भेटवार्ताखेलकुद मन्त्रीको स्वागतसुमनको सहयोगबाग्मती प्रदेशमा मुख्यमन्त्री पदमा दाबी पेस गर्न प्रदेश प्रमुखको कार्यालयले आह्वाननेप्से आज १८.०६ अंकले बढेर दुई हजार ७ सय ६९ दशमलब १३ विन्दुमापछिल्लो २४ घण्टामा ६७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टिआपसी समझदारीमा नै न्यायालयको समस्या समाधान गर्नुपर्छ, भोलिसम्म सोलुसन निस्कियोस भन्ने शुभेच्छा छ’ : पूर्व न्यायाधीश पुरुषोत्तम भण्डारीPakistan Embassy helds talk Programme on Kashmir Disputeयस्तो छ आज देशभरिको मौसम पूर्वानुमान

    नेपालको पहिलो फोटो, भिडियो, म्युजिक तथा ग्राफिक प्लेटफर्म ‘धनसार डट कम’ को आयोजनामा हुदै

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार १९:०७

    काठमाडौं ।नेपालको पहिलो फोटो, भिडियो, म्युजिक तथा ग्राफिक प्लेटफर्म ‘धनसार डट कम’ को आयोजनामा FOREVER NEPAL PHOTO COMPETITION 2021 को घोषणा कार्यक्रम मिति २०७८ असोज २३ गते शनिवारका दिन काठमाडौंमा सम्पन्न भयो । उक्त कार्यक्रम आयोजक ‘धनसार डट कम’ टिमले सञ्चारकर्मीहरुको उपस्थितिमा घोषणा गरेको हो ।

    उक्त FOREVER NEPAL PHOTO COMPETITION 2021 घोषणा कार्यक्रममा उक्त प्रतिस्पर्धाका सर्तहरु, प्रतिस्पर्धाका बिधाहरु (Nature, Culture and Lifestyle), प्रत्येक बिधाको पुरस्कार राशी (हरेक बिधाका लागि ६६ हजार) रहने र निर्णयक मण्डलमा प्रमुख निर्णायक सिनियर फोटोग्राफर श्री बिकास रौनियार, मोनाआर्टका परिकल्पनाकार तथा के.जि.एच. ग्रुपका सि.इ.यो. श्री राजन शाक्य, फोटो जोर्नालिष्ट क्लबका अध्यक्ष श्री श्रुति श्रेष्ठ, के.पि.ए. का अध्यक्ष श्री दिगम्बर राजवंशी, सिनिएर फोटोग्राफर श्री बिकास खतिवडा र एन.एफ.पि.जे.का अध्यक्ष श्री प्रदिपराज ओन्त रहने ‘धनसार डट कम’ टिमले उद्घोष गर्‍यो ।

    उक्त प्रतिस्पर्धामा सहभागी हुन चाहनेले २०७८ कार्तिक ३० गरे रातको ११:५९ बजेभित्रमा सहभागिता जनाइसक्नु पर्ने छ साथै प्राप्त फोटोहरु २०७८ मङ्सिर १ गते निर्णयक मण्डल र सार्वजनिक छनोटका खुला गरिने छ । यसरी प्राप्त फोटोहरु मध्ये हरेक बिधाको नतिजा २०७८ पौष १५ गते गरिने ‘धनसार डट कम’ का तर्फबाट बिनोद अधिकारीले जानकारी गराउनु भयो ।
    सृजनात्मक र रचनात्मक चेतले पूर्ण तपाईहरु आफ्नै कला र सृजनासङ्ग प्रतिस्पर्धा गर्नुहोस । हामी तपाईहरुको सृजनालाई सम्मान गर्न हातेमालो गर्नेछौ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु