• हेर्नुस् आज मिति २०७९ साउन २४ गते, मंगलवारको राशिफलसाइप्रसवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु मा गैरआवसिय नेपाली संघ साइप्रसको अत्यन्तै जरुरी सूचना।नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालोपछिल्लो २४ घण्टामा ९३४ जनामा कोरोना संक्रमणबैंक अफ काठमाण्डू लिमिटेडको रिकरिङ्ग र रिभर्स रिकरिङ्ग खाता सार्वजनिकटिएमएस मार्फत खरिद गरिएको सेयर रकम अबदेखि इसेवा मार्फत भुक्तानी गर्न सकिनेदिपेन्द्र सोनाम भए द फ्लीक मोडलको बिजेताप्रिती र राजेशको नयाँ तिज गित 'भेलु बाजे डान्स' सार्बजनिक(भिडियो सहित)मन्त्री श्रेष्ठ स्वयम्भु भगवानको दर्शन गरी स्वयम्भू महाचैत्यको परिक्रमानेपाली जनसम्पर्क समिति साइप्रसको दोस्रो महाधिवेशन भब्यता को साथ सम्पन्न ,सभापतिमा पुष्पा मिश्र सर्वसम्मत चयन ।

    त्रि.बि दन्त चिकित्सामा पहिलोपटक अनुहारको संरचना फेर्ने जटिल प्रकृतिको अर्थोगन्याथिक शल्यक्रिया

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार १९:२१

    नमराज भट्ट
    काठमाडौं, २३ असोज २०७८

    त्रि. बि. दन्त चिकित्सा शिक्षण अस्पतालमा पहिलो पटक अनुहारको संरचना फेर्ने जटिल प्रकृतिको अर्थोग्न्याथिक शल्यक्रिया (Orthognathic Surgery) सफल भएको छ । अनुहारको आकृति मिलाउन गरिने यो शल्यक्रिया अर्थोडाेन्टिक बिभागले Oral and maxillofacial सर्जरीकाे सहयाेगमा गरेको हो।

    याे शल्यक्रियाअति नै सुक्ष्म र सम्बेदनशिल हुने भएकाेले यस्काे सफलतामा, सहि याेजनाले निकै महत्वपुर्ण भुमिका खेलेकाे हुन्छ।
    याे अर्थोग्न्याथिक शल्यक्रिया उपचार अन्य यस्ता खालका बिरामीकाे लागि काेशेढुङगाकाे रूपमा साबित हुने उपचारमा संलग्न त्रि. बि. दन्त चिकित्सा शिक्षण अस्पतालका अर्थाेडाेन्टिक बिशेषज्ञ डा. संजय प्रसाद गुप्ताले जानकारी दिनु भयाे ।

    डा. गुप्ताले स्नातककाेत्तर टिचिगंबाटै पहिलाे ब्याचकाे रूपमा पढ्नु भएको र अर्थाेग्नाथिककाे थप ट्रेनिंग हिराेसिमा युनिभर्सिटि जापान र भारतबाट लिनुभएकाे हाे।

    बढ्ने उमेरका बालबालिकामा तल वा माथिको जवडाकाे समस्या छ भने एप्लाइन्सहरूको प्रयोग गरि ग्रोथ मोड्युलेसन पद्घतिबाट समाधान गरिन्छ । बढ्ने उमेर सकिसकेको छ भने अर्थोडोन्टिक क्यामोफ्लाजबाट पनि उपचार गर्न सकिन्छ, जुनमा समान्य जवडाको समस्यालाई दाँत सारेर उपचार गरिन्छ तर जवडाकाे समस्याको प्रकृति अत्यन्त जटिल छ भने बढ्ने उमेर सिधिएपछि अर्थोग्नाथिक सर्जरीबाट उपचार गर्नुपर्ने हुन्छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु