• विमानस्थलको श्रम डेस्कमा मन्त्री श्रेष्ठको अनुगमन, सेवा प्रवाह प्रभावकारी बनाउन निर्देशनभष्ट्राचार मुक्त राज्य सन्यन्त्र र सेवा मुखी प्रशासनको कल्पनामा नै आगामी चुनाबमा स्थापित हुने आधार हुनरोटरी क्लब अफ कपनले विश्व पोलियो दिवस मनायो "पछिल्लो २४ घण्टामा देशैभरी थपिए ५५७ कोरोना संक्रमित, ३ जनाको मृत्युआज बजार परिसूचक २७ दशमलव ५१ अकंले बढेर समग्र परिसूचक २५८४ दशमलव ५२ बिन्दुमाआबुधाबी डाइलग’ मा सहभागि हुन मन्त्री श्रेष्ठ सहितको टोली दुबई प्रस्थानबैंक अफ काठमाण्डू लिमिटेडका ग्राहक महानुभावहरुलाई काठमाण्डौं गेस्ट हाउसका होटल तथा रिसोर्टहरुमा १५% छुटमनीष र रोनिशा पहिलोजिम्न्याष्टिक टोलीको बिदाइमिस्टर एण्ड मिस टिन सुपर मोडल,२०२१' को ताज रोजक र सुहानीको शिरमा

    बडा दशैंको चौथो दिन आज शक्तिपीठ,देवीमन्दिर तथा घरघरका पूजा कोठाहरुमा देवीभवानी कुष्माण्डा माताको पूजा आराधना गरिंदै

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २४ आश्विन २०७८, आईतवार ०५:३९

    काठमाडौ ।बडा दशैंको चौथो दिन आज शक्तिपीठ,देवीमन्दिर तथा घरघरका पूजा कोठाहरुमा देवीभवानी कुष्माण्डा माताको पूजा आराधना गरिंदै छ ।

    कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ । आफनो उदरमा त्रिविध ताप धारण गरी संसारको सृष्टि गर्न कुष्माडा देवीको आविर्भाव भएको ग्रन्थहरुमा उल्लेख गरिएको छ ।

    उष्णता तथा शीतलातालाई सम तुल्याई सिर्जना गर्ने शक्ति कुष्माण्डा देवीमा रहेको बताइएको छ ।यी देवी उष्ण रक्तसमूह मानव, चराचरुङ्गी तथा शीतरक्त समूह माछा,सर्प लगाएतका सारा प्राणीको सिर्जना शक्ति भएकी माता भनेर शास्त्रहरुमा उल्लेख गरेको पाइन्छ ।

    यी देवीको वदनवर्ण वैजनी छ भने उनी सिंहमा चढेकी छन् । कुष्माण्डा माताले हातमा रक्तपूर्ण दुई वटा घडा लिएकी छन् ।यी दुई घडा नै सृष्टिका आधार वस्तु बताइएको छ । देवी कुष्माण्डाले ब्रह्माण्डको सृष्टि गरी पृथ्वी रचनाका लागि सूर्य भगवानलाई आफ्नो तापशक्ति दिएर प्रज्ज्वलित बनाएको र अन्य ग्रहको समेत रचना गरी पूरै सौरमण्डल सञ्चालन गरेको देवीभागवत् लगायतका ग्रन्थहरुमा उल्लेख छ ।

    कुष्माण्डाको लौकिक अर्थ कुभिण्डो हो । उष्ण हावापानीको प्रकृतिमा हुर्किने तर भित्री गुण शीतप्रद हुने फल कुभिण्डोलाई कुष्माण्डा देवीको प्रतीक मानेर दशैंमा यसको पूजाआजा गर्ने चलन छ ।शक्तिपीठ तथा देवी मन्दिरहरुमा कुभिण्डाको विधिपूर्वक पूजा गरी बलि समेत चढाउने गरिन्छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु