• सलोनी शंकल्प स्नेह छात्रवृत्ति कोष ५१६७०हेर्नुस् आज मिति २०७८साल कार्तिक १ गते, साेमवारको राशिफलराष्ट्रिय फुटबल टोलीको प्रदर्शनले नयाँ आशा जगाएको छः युवा तथा खेलकुदमन्त्री गहतराजदशैंमा बिदापछि आजबाट सरकारी कार्यालय खुल्ला हुनेआईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट आजबाट शुरु हुँदैविजया दशमीको तेस्रो दिन आज पनि आफन्तजन तथा मान्यजनबाट टीका लगाउने र आर्सीवाद लिनेक्रम जारीगएराति काठमाडौं उपत्यकालगायत देशका विभिन्न भूभागमा हावाहुरीसहित वर्षादशै पछि प्रकृतिसंग एकछिनPakistan emphasizes to scale up investment in sustainable, resilient water infrastructureदसैँको पहिलो टीका लगाइसकेका जिल्लाका किसानलाई अहिले धान काट्न भ्याइनभ्याई

    कोरोना भाइरसविरुद्धको दुवै मात्रा खोप लगाएकामा खोपको कोरोना भाइरसविरुद्धको दुवै मात्रा खोप लगाएकामा खोपको

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २४ आश्विन २०७८, आईतवार ०६:२३

    काठमाडौं, असोज २४  । कोरोना भाइरसविरुद्धको दुवै मात्रा खोप लगाएकामा खोपको प्रभाव बढिरहेको पाइएको छ । कोरोना सङ्क्रमण भएका सहभागीमध्ये लक्षण नदेखिएका सहभागीको अनुपातमा जटिल लक्षण देखिएका व्यक्तिमा एन्टिबडी विकसित भएको अध्ययनले देखाएको छ ।

    नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अध्ययनमा कोरोनाविरुद्धको खोप लगाई शरीरमा एन्टिबडी विकास भएकाको सङ्ख्यालाई विश्लेषण गर्दा खोप लगाएको समय बढ्दै जाँदा एन्टिबडी विकसित भएकाको सङ्ख्या घट्दै गएको पाइएको छ ।

    परिषद्का सदस्य–सचिव डा। प्रदीप ज्ञवालीले कोरोना सङ्क्रमण भई निको भएका तथा खोप लगाएका अधिकांश जनसङ्ख्यामा कोरोनाविरुद्धको एन्टिबडी विकसित भएको अनुसन्धानबाट देखिएको जानकारी दिए । कोरोना भाइरसविरुद्ध कोभिसिल्ड खोप लगाएका व्यक्तिमा ६३।३ प्रतिशत र भेरोसेल लगाएकामा ७२।४ प्रतिशतमा रोग प्रतिरोधात्मक क्षमता एन्टिबडी बनेको बताए ।
    परिषद्ले काठमाडौँ, ललितपुर र भक्तपुरका एक हजार ७९६ जनामा अध्ययन गरेको थियो । एन्टिबडी अध्ययन गर्दा कोभिसिल्ड लगाएका व्यक्तिमा खोप लगाएको धेरै समयपछि मात्र अध्ययन गरिएकाले भेरोसेलभन्दा कम प्रतिशतमा एन्टिबडी देखिएको हो । परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा। मेघनाथ धिमालले पहिलो मात्रा खोप लगाएकामध्ये ५५.१ प्रतिशतमा र पूर्ण मात्राको खोप लगाएकामध्ये ८२ प्रतिशतमा एन्टिबडी देखिएको जानकारी दिए ।

    भेरोसेल लगाएका व्यक्तिमा खोप लगाउनेबित्तिकै एन्टिबडी परीक्षण गरिएकाले धेरै एन्टिबडी देखिएको जानकारी दिँदै उनले काठमाडौँ उपत्यकाका तीनै जिल्लामा गरिएको अनुसन्धानमा खोप लगाएका ६५ प्रतिशत व्यक्तिमा एन्टिबडी देखिएको बताए । उनले खोप नलगाएका केही व्यक्तिमा पनि एन्टिबडी देखिएको बताए ।

    यस्तै, खोप नलगाएका व्यक्तिमा ४३.९ प्रतिशतमा एन्टिबडी देखिएको छ । खोप लगाएको ६० दिनसम्म एन्टिबडी देखिने र त्यसपछि क्रमशः एन्टिबडी घट्दै गएको अनुसन्धानले देखाएको आजको गोरखापत्र दैनिकमा खवर छ

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु