• चतुर्थ दिन कुष्माण्डाको पूजन रक्षा हवोस प्राणीको

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २४ आश्विन २०७८, आईतवार ०७:३७

    चतुर्थ दिन कुष्माण्डाको पूजन
    रक्षा हवोस प्राणीको

    देवी शक्ति सुशान्त क्षेत्र मनको आधार सारा बनि
    छाएको छ मनोरमा समर यो आतन्क सारा छिनी
    श्रृष्टिको मूल शक्ति पावन भूमि द्यौताहरुको सब
    सिर्जि स्वर्ग सुरम्य जीवहरुको रक्षा गरिद्यौ अब ।। १ ।।

    कुष्माण्डा शुरको विनास गरने पालन गरि प्राणिको
    यो ब्रह्माण्डा बनाउने छ गतिलो शक्ति सधै देविको
    के ले मानिस पूर्ण हुन्न सुशमा यो क्षेत्र भो खल्बल
    कस्तो मार्ग चुनेर मानिस अघि बढ्छन यहाँ भो छल ।। २ ।।

    बाटो त्यो चुनिद्यौन हे भगवि भू स्वर्ग साझा बनोस
    संसारै शुख मञ्जरी लहरमा यौटै परिवार होस
    तेरो त्यो र अनेक आफनु भनि खोजी हुँदाको क्षण
    यौटा शान्त समाजको बनिरहोस सम्पन्नता रक्षण ।। ३ ।।

    देविकै महिमा गरेर सबले पाए अनौठो शुख
    प्रातकाल उठि पवित्र रसले धोएर आप्mनो मुख
    संसारै चकमन्न शान्ति शुखको आधार घन्क्यो जब
    मान्छेको अमरावती युग भरि चम्कि बन्यो गौरव ।। ४ ।।

    यै संसार रचिन्छ आज दिलको भाखा बनि गुञ्जिदै
    मान्छे तेज प्रकाशको लहरमा आनन्दले रंगिदै
    बस्छन नाच र गान छन घर घरै वर्दान भो देविको
    शान्ति सिर्जनशीलता भरि हुँदै रक्षा हओस प्राणीको ।। ५ ।।

    बाबाधामको कोसेली २४ आश्विन २०७८
    शिव अधिकारी
    बाबाधाम कोटेश्वर काठमाण्डौ

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु