• विमानस्थलको श्रम डेस्कमा मन्त्री श्रेष्ठको अनुगमन, सेवा प्रवाह प्रभावकारी बनाउन निर्देशनभष्ट्राचार मुक्त राज्य सन्यन्त्र र सेवा मुखी प्रशासनको कल्पनामा नै आगामी चुनाबमा स्थापित हुने आधार हुनरोटरी क्लब अफ कपनले विश्व पोलियो दिवस मनायो "पछिल्लो २४ घण्टामा देशैभरी थपिए ५५७ कोरोना संक्रमित, ३ जनाको मृत्युआज बजार परिसूचक २७ दशमलव ५१ अकंले बढेर समग्र परिसूचक २५८४ दशमलव ५२ बिन्दुमाआबुधाबी डाइलग’ मा सहभागि हुन मन्त्री श्रेष्ठ सहितको टोली दुबई प्रस्थानबैंक अफ काठमाण्डू लिमिटेडका ग्राहक महानुभावहरुलाई काठमाण्डौं गेस्ट हाउसका होटल तथा रिसोर्टहरुमा १५% छुटमनीष र रोनिशा पहिलोजिम्न्याष्टिक टोलीको बिदाइमिस्टर एण्ड मिस टिन सुपर मोडल,२०२१' को ताज रोजक र सुहानीको शिरमा

    सरकारले बालबालिका स्कुल भर्ना हुनुअघि आँखा जाँच गर्नुपर्ने नीति ल्यायो

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २४ आश्विन २०७८, आईतवार ०९:३१

    काठमाडौं, २४ असोज २०७८

    नेपाल सरकारले बालबालिका स्कुल भर्ना हुनुअघि अनिवार्य आँखा जाँच गर्नुपर्ने नीति लिएको छ ।

    शनिबार होटेल हायातमा ग्लोबल आई हेल्थ, इटहरी उपमहानगरपालिका र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ट्रिय तालिम केन्द्रको संयुक्त पहलमा भएको थियो।

    खोप लगाउने उमेरका बालबालिकाको आँखा परीक्षणका लागि बालबालिका कार्यक्रम राष्ट्रिय पाठ्यक्रम तय हुने भएको र खोप केन्द्रमा खोप लगाउन जाने बालबालिकाको खोपसँगै आँखा पनि नियमित परीक्षण गर्ने गरी पाठ्यक्रम तयार गरिएको आँखा रोग विशेषज्ञ डा. बेन लिम्बुले बताए।

    डा. लिम्बूका अनुसार पाठ्यक्रम तयार भएपछि नमुनाका रुपमा इटहरी महानगरपालिकाका खोप केन्द्रहरुबाट बालबालिकाको आँखा प्रारम्भिक परीक्षण गरिनेछ । नेपाल सरकारको राष्ट्रिय खोप कार्यक्रम सञ्चालन गर्ने स्वास्थ्यकर्मीहरुलाई नै तालिम दिएर समुदायमा रहेका बालबालिकाहरुको आँखा प्रारम्भिक परीक्षण गराउने गरी पाठ्यक्रममा राखिएको छ । स्वास्थ्य कार्यकर्ताहरुले स्क्रीनिङ गरेपछि सम्भावित आँखाको जाँच गराउनुपर्नेमा भएमा अभिभावकलाई विशेषज्ञ चिकित्सक कहाँ पठाउन सल्लाह दिनेछन् ।

    इटहरीमा उपमहानरपालिकाबाट सुरु गरिने यो कार्यक्रम दुई वर्षभित्र प्रदेश १ का सबै जिल्लामा गर्दै देशभरि सञ्चालन गरिने डा. लिम्बुले जानकारी दिए । पाठ्यक्रम तयार भएर प्रारम्भिक रिपोर्ट आएपछि कार्यक्रमलाई नेपाल सरकारलाई हस्तान्तरण गरिने योजना रहेको उनले बताए । नेपालमा ५ वर्षमुनिका बालबालिकाहरुमा मोतिविन्दु, जलविन्दु, रेटिनोपेथी अफ प्रिमेच्युरेटी र कुपोषणले गर्दा आँखामा हुने समस्या धेरै छन् । त्यसैगरी दृष्टिदोष र अल्छी आँखा न्युन दृष्टिको मुख्य कारक रहेको छ ।

    कार्यक्रममा आँखा रोग विशेषज्ञ प्रा.डा. ओमकृष्ण मल्लले बालबालिकामा रहेको आँखाको समस्या सानै उमेरमा हल गर्न नसकेपछि त्यसलाई उपचार गर्न पछि नसकिने बताए ।

    नेपाल नेत्रज्योति संघका अध्यक्ष प्रा.डा. चेतराज पन्तले आँखा क्षेत्रमा नेपालले विश्वमा एउटा छुट्टै पहिचान बनाएको दावी गर्दै बालबालिकाहरुको सुरुवाती अवस्थामै आँखा परीक्षण गर्ने कार्यक्रम सुरु गरेर समुदायमा आधारित आँखा क्षेत्रको अर्को क्रान्ति सुरु भएको बताए ।

    अप्थोमोलोजी सोसाइटीका अध्यक्ष डा. रोहित सैजुले बच्चाको उमेरसँगै उसको आँखा गर्नुपर्ने क्रियाकलाप गर्न नसकेमा पछि गएर न्यून दृष्टि वा दृष्टिबिहीन हुन सक्नेतर्फ सचेत हुनुपर्नेमा जोड दिए ।

    स्वास्थ्य सेवा विभाग आँखा, नाक, कान, घाँटी शाखा प्रमुख डा.प्रकाश बुढाथोकीले बालबालिकाको आँखा सम्बन्धि पाठ्यक्रम तयार गर्दा लागु गर्न सकिने र प्रभावकारी हुने खालको बनाउनुपर्नेमा सुझाव दिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु