• दशैँलाई दशा नबनाऔ माछा-मासु खानलाई जानौ

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २४ आश्विन २०७८, आईतवार २१:१८

    भान्से लक्ष्मण प्रसाद भण्डारी

    नेपालमा मनाइने पर्वहरूमध्ये महान चाँड भनेकै बडा दशैँ हो । मान्यजनहरुको हातबाट टीका र आशीर्वाद थाप्ने र मिठोमसिनो खाने पर्वका रूपमा यसको चिनारी रहँदै आएको छ । यो पर्वमा नयाँ लुगा लगाउने र मासुका लागि सिँगै खसी,रांगा,कखुरा काट्ने होडबाजी नै चल्ने गर्दछ । विशेष गरी मासुका विभिन्न परिकार बनाएर खाने चलन हुन्छ ।

    चाँडपर्वमा स-सानो लापरवाहीले गर्दा बिरामी भएर अस्पताल भर्ना हुनुपर्ने अवस्था छ । सोही कारण दशैँमा मासुका परिकारको सावधानी पूर्वक र सन्तुलित प्रयोग गर्नुपर्छ ।

    मासु एक पौष्टिक आहार हो,यसमा १४ देखि २० प्रतिशतसम्म प्रोटिन पाइन्छ । यसमा जिङ्क, भिटामिन बी, पोटासियमजस्ता तत्व पनि पाइन्छन् ।मासुबाट प्राप्त हुने तत्व त्यति सजिलैसँग भने प्राप्त गर्न सकिँदैन । हामीले राम्रोसँग सुरक्षित ढङ्गले राख्न नजानेमा त्यही मासुबाट विभिन्न किसिमका रोग उत्पन्न हुन्छ । खानामा दैनिक अत्यधिक रातो मासुको प्रयोगले मानिसको संवेदनशील अङ्ग मुटुमा असर पर्नुका साथै उच्च रक्तचाप निम्त्याउने र क्यान्सरको सम्भावना पनि बढाउँछ । मासु संगसंगै हरियो परियो साग , मुला पनि प्रयोग गर्ने हो भने थोरै मासुबाट शरिर लाई चाहिने धेरै तत्व प्राप्त गर्न सकिन्छ । त्यसैले होला पस्क्षिमा,कोरियन तथा जापानी हरूको प्लेटमा मासु संगै सलाद तरकारी हरू सजिएको हुन्छ ।

    खसी,बोका र मासु कसरी छान्ने त ?

    हेर्दै नाम्ले परेजस्तो अति दुब्लो,आँखा आवश्यकता भन्दा बढी रसिलो भएको,झोक्राएर बसेको साथै फनफनी घुम्ने खसी बोका छान्नु हुदैन संगसंगै मासु हलुका गुलाबी रङको हुनु हुँदैन ।
    यदि मासु हरियो तथा प्याजी रङको भएको छ भने त्यो खान अयोग्य मानिदैन ।मासुबाट कुनै पनि किसिमको अमिलो, बिग्रिएको, मन नपर्ने गन्ध आउनु हुँदैन । मासु काट्दा र समाउँदा तन्केको जस्तो हुनुहुँदैन ।
    -मासु किन्ने पसल, काट्ने मानिस, काटेको स्थान,अचानो, चलाएको हतियार सफा हुनुपर्छ । लगाएको पोशाक,काटेको तरिका,तराजु सफा हुनुपर्छ ।

    मासु भण्डारण गर्ने तरीका :-

    मासुलाई अन्य पाकेका परिकारसँगै फ्रिजमा त्यतिकै राख्नु हुँदैन छोपेर राख्नु पर्दछ र कहिले पनि माथिल्लो भागमा राख्नु हुँदैन । माथिल्लो भागमा राख्दा मासुमा भएका कीटाणु -मासुमै हुने, तरल पदार्थ, हावामार्फत तल्लो सतहमा झर्न सक्छ । तल राखिएका अन्य खाना, पाकिसकेका परिकार, सागसब्जी, शाकाहारीका लागि तयार पारिएका(छुट्ट्याइएका परिकार, फलफूल तथा तरकारीमा पर्न सक्ने खतरा हुन्छ ।
    -काँचो मासु र पाकेको मासु एकै स्थानमा राख्नु हुँदैन ।
    -सकेसम्म मासुको प्रयोग गर्दा अधिकतम हरियो सागसब्जी खानु उचित हुन्छ ।
    -मासु खानेबित्तिकै आइसक्रिम, दुध(दही, क्रिमका परिकार खानु हुँदैन ।

    मासु खाँदा ध्यान दिनुपर्ने कुरा ,:-

    दशैँ भनेर धेरै मासु खाने चलन छ तर यो गलत प्रवृति हो । स्वस्थ मानिसले दिनभरमा १ सय ५० ग्राम मासु खानु उपयुक्त हुन्छ ।
    -फ्रिजमा लामो समयसम्म भण्डारण गरेर राखिएको मासु सकेसम्म नखानुहोस् ।

    -बासी तथा खुल्ला स्थानमा राखेको मासु नखाने ।
    -काँचो मासुको परिकार होडबाजी गरेर कुनै पनि हालतमा नखाने।
    -राम्ररी सफासँग पखालेको र राम्ररी पाकेको मासु मात्र खाने ।
    -बोसो तथा छालारहित मासुको प्रयोगमा जोड दिने
    -मसला तथा तेलीय पदार्थ धेरै प्रयोग नगर्नुहोस ,लसुन, अदुवा र हरियो खुर्सानी प्रयोग गर्नुहोस ।
    – मासु खादा सलाद मुला,सलादपात र पुदिना बढी प्रयोग गर्नु राम्रो मानिन्छ ।

    (लक्ष्मण प्रसाद भण्डारी सेफ ग्लोबल नेप्लिज सेफ फेडेरेशन कार्यकारी प्रमुख,होटेल तथा रेस्टुरेन्ट ब्यापार पाक कला परामर्शदाता )

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु