• ३०० घरधुरी बिपन्न परिवारलाई एनआरएनए बाट राहत सामग्री हस्तान्तरणश्रममन्त्री श्रेष्ठ र युएईका मानव संशाधन मन्त्री अवारबीच भेटवार्ताखेलकुद मन्त्रीको स्वागतसुमनको सहयोगबाग्मती प्रदेशमा मुख्यमन्त्री पदमा दाबी पेस गर्न प्रदेश प्रमुखको कार्यालयले आह्वाननेप्से आज १८.०६ अंकले बढेर दुई हजार ७ सय ६९ दशमलब १३ विन्दुमापछिल्लो २४ घण्टामा ६७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टिआपसी समझदारीमा नै न्यायालयको समस्या समाधान गर्नुपर्छ, भोलिसम्म सोलुसन निस्कियोस भन्ने शुभेच्छा छ’ : पूर्व न्यायाधीश पुरुषोत्तम भण्डारीPakistan Embassy helds talk Programme on Kashmir Disputeयस्तो छ आज देशभरिको मौसम पूर्वानुमान

    गोपालको शब्द, वसन्त र मेलिनाको स्वरमा ‘राधा पियारी’ सार्वजनिक (भिडियो )

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २४ आश्विन २०७८, आईतवार २१:४७

    काठमाडौं – मोडल गरिमा शर्मा र मोडल सुधिर श्रेष्ठ एकसाथ फेरी नयाँ म्युजिक भिडियोमा देखिएका छन्। अमेरिकाको ओहायो निवासी गीतकार गोपाल लोहारको ‘राधा पियारी’ मा यो जोडीलाई फिचर्ड गरिएको छ।

    यस गीतमा वरिष्ठ संगीतकार तथा गायक वसन्त सापकोटा र चर्चित गायिका मेलिना राईको युगल गायन समावेश छ । स्वयम् वसन्त सापकोटाले संगीतवद्द गरेको गीतलाई नरेन्द्र वियोगीले संगीत संयोजन गरेका हुन्।

    कमेडी फ्लेवरमा प्रस्तुत गरिएको म्युजिक भिडियोमा सुधिर श्रेष्ठ र गरिमा शर्मा बीचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ। सन्तोष राजबहाकले कोरियोग्राफी गरेको भिडियोमा उत्सव दहालले छायांकन रहेको छ। भिडियोलाई विकाश दहालले सम्पादन गरेका हुन्।

    काजी लिम्बु र श्याम लामाको सयुक्त निर्देशनमा भिडियो तयार पारिएको हो। भिमा लोहार प्रस्तुतकर्ता रहेको यस भिडियोलाई गोलो प्रोडक्शनको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो। दशैँ को कोसेली स्वरूप प्रस्तुत भिडियोलाई हेरेर प्रतिक्रिया दिन निर्माण टिमले सबैलाई आग्रह गरेको छ।

    भिडियो लिंक:

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु