• विमानस्थलको श्रम डेस्कमा मन्त्री श्रेष्ठको अनुगमन, सेवा प्रवाह प्रभावकारी बनाउन निर्देशनभष्ट्राचार मुक्त राज्य सन्यन्त्र र सेवा मुखी प्रशासनको कल्पनामा नै आगामी चुनाबमा स्थापित हुने आधार हुनरोटरी क्लब अफ कपनले विश्व पोलियो दिवस मनायो "पछिल्लो २४ घण्टामा देशैभरी थपिए ५५७ कोरोना संक्रमित, ३ जनाको मृत्युआज बजार परिसूचक २७ दशमलव ५१ अकंले बढेर समग्र परिसूचक २५८४ दशमलव ५२ बिन्दुमाआबुधाबी डाइलग’ मा सहभागि हुन मन्त्री श्रेष्ठ सहितको टोली दुबई प्रस्थानबैंक अफ काठमाण्डू लिमिटेडका ग्राहक महानुभावहरुलाई काठमाण्डौं गेस्ट हाउसका होटल तथा रिसोर्टहरुमा १५% छुटमनीष र रोनिशा पहिलोजिम्न्याष्टिक टोलीको बिदाइमिस्टर एण्ड मिस टिन सुपर मोडल,२०२१' को ताज रोजक र सुहानीको शिरमा

    मानसिक दिवसको अवसरमा चिकित्सक, विभिन्न संस्था, पत्रकारसहित १३ जना सम्मानित

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २४ आश्विन २०७८, आईतवार २२:१७

    काठमाडौं, असोज २४ । विश्व मानसिक दिवसको अवसरमा पत्रकारसहित १३ जनालाई सम्मान गरिएको छ । मानसिक एवं मनोसामाजिक सुस्वास्थ्यको राष्ट्रिय अभियान नेपालद्धारा आज राजधानीमा आयोजित कार्यक्रममा उक्त व्यक्तित्वहरुलाई सम्मान गरिएको हो ।

    चिकित्सक, विभिन्न संस्था, पत्रकारसहित १३ जनालाई सम्मान गरिएको मानसिक एवं मनोसामाजिक सुस्वास्थ्यको राष्ट्रिय अभियान नेपालका सभापति एवं मनोविद गोपाल ढकालले बताउनुभयो । त्यस्तै कार्यक्रममा उहाँले कोरोना महामारीले मानसिक स्वास्थ्यमा असर पुगेको बताउनुभयो ।

    कार्यक्रममा मानसिक स्वास्थ्य समस्याबारे खुलेर कुरा गर्न सरोकारवालाहरुले जोड दिएका थिए । कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री भवानी प्रसाद खापुङले मानसिक स्वास्थ्यका विषयलाई प्राथमिकताका साथ चासो दिएको बताउनुभयो । उहाँले मानसिक स्वास्थ्यका विषयमा आफूले गर्न सक्ने र गर्नुपर्ने काममा आफूले सकेको गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

    त्रिवि शिक्षण अस्पतालका मानसिक स्वास्थ्य विभाग प्रमुख प्रा.डा. सरोज ओझाले मानसिक स्वास्थ्यका मुद्दाहरु अझै पनि सम्बोधन हुन नसकेको गुनासो गर्नुभयो । उहाँले अझै सामाजिक लाञ्छना, भेदभाव र जनचेतनाको अभावले मानसिक समस्या लुकाउन बाध्य रहेको सुनाउनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु