• सलोनी शंकल्प स्नेह छात्रवृत्ति कोष ५१६७०हेर्नुस् आज मिति २०७८साल कार्तिक १ गते, साेमवारको राशिफलराष्ट्रिय फुटबल टोलीको प्रदर्शनले नयाँ आशा जगाएको छः युवा तथा खेलकुदमन्त्री गहतराजदशैंमा बिदापछि आजबाट सरकारी कार्यालय खुल्ला हुनेआईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट आजबाट शुरु हुँदैविजया दशमीको तेस्रो दिन आज पनि आफन्तजन तथा मान्यजनबाट टीका लगाउने र आर्सीवाद लिनेक्रम जारीगएराति काठमाडौं उपत्यकालगायत देशका विभिन्न भूभागमा हावाहुरीसहित वर्षादशै पछि प्रकृतिसंग एकछिनPakistan emphasizes to scale up investment in sustainable, resilient water infrastructureदसैँको पहिलो टीका लगाइसकेका जिल्लाका किसानलाई अहिले धान काट्न भ्याइनभ्याई

    गोविन्द र सुस्मिता उत्कृष्ट

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २४ आश्विन २०७८, आईतवार २२:३८

    काठमाडौ ।पुरुषमा गोविन्द कठायत तथा महिलामा सुस्मिता तामाङ यु–१८ ब्ल्याक वेल्ट मार्सल आर्ट्स च्याम्पियनसिपमा उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
    प्रतियोगिताको पुरुष ५५–६० केजीमा विकेशराज श्रेष्ठ र जीवन लोहार, ५०–५५ केजीमा कुलमान तामाङ र गोविन्द कठायत, ४५–५० केजीमा साजन तामाङ र प्रेम गुरुङ, ४०–४५ केजीमा सचिन बोगटी र निराजन बुढाथोकी तथा ३५–४० केजीमा निरज बोहरा र अमिर गुरुङ क्रमशः पहिलो र दोश्रो भए ।
    महिला ५०–५१ केजीमा काजल खत्री र अनुष्का अधिकारी, ४५–५० केजीमा कामना राई र सुमिना तामाङ, ४०–४५ केजीमा रुविना कर्माचार्य र श्रेया रिजाल, ५५–६० केजीमा प्राप्ती गुरुङ र ममता थापा तथा ३५–४० केजीमा ममता खत्री र बविता बोहराले क्रमशः स्वर्ण र रजत जिते ।
    टोखाको जाल्पाचोकस्थित रोना इन्टरनेसनल एकेडेमीमा भएको प्रतियोगितामा १ सय ५० खेलाडीले ११ स्पर्धामा प्रतिस्पर्धा गरेको आयोजक नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघले जनाएको छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु