• ३०० घरधुरी बिपन्न परिवारलाई एनआरएनए बाट राहत सामग्री हस्तान्तरणश्रममन्त्री श्रेष्ठ र युएईका मानव संशाधन मन्त्री अवारबीच भेटवार्ताखेलकुद मन्त्रीको स्वागतसुमनको सहयोगबाग्मती प्रदेशमा मुख्यमन्त्री पदमा दाबी पेस गर्न प्रदेश प्रमुखको कार्यालयले आह्वाननेप्से आज १८.०६ अंकले बढेर दुई हजार ७ सय ६९ दशमलब १३ विन्दुमापछिल्लो २४ घण्टामा ६७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टिआपसी समझदारीमा नै न्यायालयको समस्या समाधान गर्नुपर्छ, भोलिसम्म सोलुसन निस्कियोस भन्ने शुभेच्छा छ’ : पूर्व न्यायाधीश पुरुषोत्तम भण्डारीPakistan Embassy helds talk Programme on Kashmir Disputeयस्तो छ आज देशभरिको मौसम पूर्वानुमान

    भक्तपुर डाक्टर्स सोसाइटी गठन तथा सुभकामना कार्यक्रम सम्पन्न

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार १८:३६

    नमराज भट्ट

    भक्तपुर, २४ असोज २०७८

    भक्तपुर जिल्लामा कार्यरत करिब सय जना सरकारी तथा गैर सरकारी चिकित्सकहरुले मिलेर भक्तपुर डाक्टर्स सोसाइटी गठन गरेका छन ।

    जिल्लाका बिभिन्न अस्पतालमा कार्यरत चिकित्सकहरु विच पेशागत भाइचारा अभिबृद्धी गर्दै आफ्नो हक हितको लागी आवाज बुलन्द गर्ने सो संस्थाको उद्देश्य रहेको उक्त समाजका अध्यक्ष डा. सन्जित कुमार शाहले बताउनु भयो ।

    विभिन्न अस्पतालहरुका बिच सह कार्य गर्दै बिरामीहरुको सहज व्यवस्थापन गर्नु संस्थाको एउटा प्रमुख उद्देश्य रहेको जानकारी दिदै उक्त संस्थाका बरिष्ठ उपाध्यक्ष डा. उज्ज्वल चालिसेले गरिब बिरामिको उपचार सहायता कोश सन्चालन गरिने जानकारी दिए।

    बिभिन्न अस्पतालहरुमा कार्यरत चिकित्सहरुको शारीरिक मानसिक स्वास्थ्य प्रबर्धन गर्नुपनि यो संस्थाको महत्व रहेको जानकारी दिदै समाजका उपाध्यक्ष डा. सुरज धौबडेलले आगामी दिनहरुमा नियमित शैक्षिक गतिबिधीहरु सन्चालन गरिने जानकारी दिए। सम्पुर्ण चिकित्सकको हकहितको लागिपर्नु रहेकी जानकारी सचिब डा. राजिब शाहले दिए ।

    उक्त संस्था गठन घोषणा तथा बिजया दशमीको सुभकामना आदान प्रदान कार्यक्रमलाई बिभिन्न बरिष्ठ चिकित्सक हरुले सम्बोधन गर्दै शुभकामना ब्यक्त गरेका थिए ।

    उक्त सभालाई सम्बोधन गर्दै नेपाल चिकित्सक संघका महासचिब डा. बद्री रिजालले उक्त संस्थालाई हर सम्भव सहयोग गर्ने एशोसियसन केन्द्रीय कमिटी तयार रहेको जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु