• विमानस्थलको श्रम डेस्कमा मन्त्री श्रेष्ठको अनुगमन, सेवा प्रवाह प्रभावकारी बनाउन निर्देशनभष्ट्राचार मुक्त राज्य सन्यन्त्र र सेवा मुखी प्रशासनको कल्पनामा नै आगामी चुनाबमा स्थापित हुने आधार हुनरोटरी क्लब अफ कपनले विश्व पोलियो दिवस मनायो "पछिल्लो २४ घण्टामा देशैभरी थपिए ५५७ कोरोना संक्रमित, ३ जनाको मृत्युआज बजार परिसूचक २७ दशमलव ५१ अकंले बढेर समग्र परिसूचक २५८४ दशमलव ५२ बिन्दुमाआबुधाबी डाइलग’ मा सहभागि हुन मन्त्री श्रेष्ठ सहितको टोली दुबई प्रस्थानबैंक अफ काठमाण्डू लिमिटेडका ग्राहक महानुभावहरुलाई काठमाण्डौं गेस्ट हाउसका होटल तथा रिसोर्टहरुमा १५% छुटमनीष र रोनिशा पहिलोजिम्न्याष्टिक टोलीको बिदाइमिस्टर एण्ड मिस टिन सुपर मोडल,२०२१' को ताज रोजक र सुहानीको शिरमा

    सातौ दिन कालरात्रीको पूजन तथा फूलपाती

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलवार ०७:४५

    सातौ दिन कालरात्रीको पूजन तथा फूलपाती

    भागुन ति वैरीहरु

    सातौ दिन शुभाषिशै सलिलता देवी प्रभा सादगी
    कोसौको महिमा समेटी बटुवा धाएर घरमा पुगी
    पाती फुल र सौम्यता बल धुरी अग्ल्याउने दिन यो
    केरा दारिम धान कर्चुर अनि माने र बेलै लियो ।। १ ।।

    यतिले नि पुगेन नौथरी त्यहाँ अशोक् हलेदो पनि
    जयन्ति अति स्वच्छ नाम छ त्यहि भित्य्राउने हो भनि
    जायी जंगलमा सबै चिज लिई आएर घर घर सबै
    साईत जो छ मिलाई पूजन थलो सजाउदै छन खुबै ।। २ ।।

    हो यो विघ्न निवारणी सतहको धारा बगेको दिन
    फुल्पाती नवरत्नको लहर हो जान्छन सबै त्यो लिन
    प्रत्येक फुल र पातीको नउ नउ भित्य्राउनु पर्दछ
    यै सौभाग्य सुधामृताधी रसले संसार नै भर्दछ ।। ३ ।।

    ब्रह्माणी अनि रक्तचण्डिका त्यही लक्ष्मी र दुर्गा पनि
    चामुण्डा जव कालिका अनि शिवा छन शोकको हारिणी
    देवी कार्तिकी साथ पूजन हुने नौलो छ मौका अब
    यस्तै सज्जित साधना भरि सधै पूजा हुने भो जब ।। ४ ।।

    इन्द्रले जब बृतासुर, शिवले त्रिपुर भेदन गरे
    विष्णुले मधुकैटभादी सुरको हत्या गरेका अरे
    राम्ले रावण मार्नुभो विजयको माला बन्यो सुन्दर
    देवि शक्ति भरिन्छ युग भरिको अर्को यहाँ कुन्छर ।। ५ ।।

    कालो रात्री भनेर देवी अबलौ गर्छौ सबै पूजन
    कोभिड काल हटाउ एमसिसि पनि लागोस विरानु हुन
    कृृषिकै महिमा छ पात र ध्वजा देवी पूजा गर्दछौ
    माटोको पृति पास धान बटुली भण्डार यो भर्दछौँ ।। ६ ।।

    देशै औषधी युक्त बन्छ बनको बुट्टीहरुले पनि
    हाम्रो शान बढाई द्यौन सुकृति संसार हाके भनि
    पानी कल्कल धर्तिको शिर मनि अमृत धारा झरि
    संसारै छ पवित्र प्यास यसले मेटिन्छ चाडो गरि ।। ७ ।।

    यै सौम्यशीलता छ गुञ्जन यहाँ बाजा नगरा पनि
    डम्बरु अनि शंख बज्छ सहजै आशिष बर्षोस भनि
    घण्टा टिन्टिन बज्छ घर्घर सबै बजाउँछन डम्बरु
    संसारै शुख शान्ति ढाक्न बल द्यौ भागुन ति बैरीहरु ।। ८ ।।

    बाबाधामको कोसेली २६ आश्विन २०७८
    शिव अधिकारी
    बाबाधाम कोटेश्वर काठमाण्डौ

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु