दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

दशैँ क्विनको बिजेता बनिन अन्जु बुढाथोकी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ आश्विन २६ गते, मंगलवार १२:२६

काठमाडौं – नेपालीहरुको महान चांड बढादशैँ अर्थात बिजय दशमीको अवसरमा काठमाडौंमा आयोजित दशैँ क्विन-२०७८ को बिजेता ब्यबसायी तथा समाजसेवी अन्जु बुढाथोकी बन्न सफल भएकी छिन । त्यसैगरी फर्स्ट रनरअप ब्युटिसियन गीता मगर र सेकेण्ड रनरअपमा ब्युटिसियन सिर्जना कुँवर भएका छन्। लायन्स क्लब अफ काठमाडौँ अभियान तथा रोज शिप बिकाश तालिम केन्द्र रविभवनको संयुक्त आयोजनामा गरिएको कार्यक्रममा बिजेताहरुलाई क्राउन, ट्रफी, मायाको चिनो लगायतका उपहारहरु पाएका थिए।

बरिष्ट सौन्दर्यबिद सोनी कारंजितको सभापतित्वमा सम्पन्न दशैँ क्विन-२०७८ मा अतिथिहरुमा लायन रेश्मा श्रेष्ठ, लायन धानु सिंजाली मगर, गेल्मु शेर्पा बुढाथोकी, हरिकृष्ण गिरि, सुन्दर थापा गीतकार सावित्रा चिलुवाल रहेका थिए।

दशैँ क्विन-२०७८ को निर्णायकमा कोरियोग्राफर तथा संचारकर्मी जयान सुब्बा मानन्धर र निर्देशक कलाकार संचारकर्मी सुर्य चन्दले बिजेताहरु छनौट गरेका थिए।

दशैँको शुभकामाना समेत आदान-प्रदान गरिएको उक्त कार्यक्रममा लायन्स क्लब अफ काठमाडौँ अभियानले छोटो समयमा गरेको राम्रो कार्यको प्रसंसा समेत गरिएको थियो। कार्यक्रमको संचालन गायिका तथा टेलिभिजन प्रस्तोता बिष्णु माया पौडेलले गरेकी थिइन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु