• सलोनी शंकल्प स्नेह छात्रवृत्ति कोष ५१६७०हेर्नुस् आज मिति २०७८साल कार्तिक १ गते, साेमवारको राशिफलराष्ट्रिय फुटबल टोलीको प्रदर्शनले नयाँ आशा जगाएको छः युवा तथा खेलकुदमन्त्री गहतराजदशैंमा बिदापछि आजबाट सरकारी कार्यालय खुल्ला हुनेआईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट आजबाट शुरु हुँदैविजया दशमीको तेस्रो दिन आज पनि आफन्तजन तथा मान्यजनबाट टीका लगाउने र आर्सीवाद लिनेक्रम जारीगएराति काठमाडौं उपत्यकालगायत देशका विभिन्न भूभागमा हावाहुरीसहित वर्षादशै पछि प्रकृतिसंग एकछिनPakistan emphasizes to scale up investment in sustainable, resilient water infrastructureदसैँको पहिलो टीका लगाइसकेका जिल्लाका किसानलाई अहिले धान काट्न भ्याइनभ्याई

    कृष्ण र दीपकको जोडी अब्बल

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलवार १७:५४

    काठमाडौं, असोज २६ गते ।
    कृष्ण खतिवडा र दीपक लामाको जोडी कागेश्वरी मनोहरा वडा नं. ६ स्तरीय पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगितामा मंगलबार पहिलो भएका छन् ।
    कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ७ कार्यालयको आयोजना तथा घनमंगल युथ फोरम सोसाइटीको सहयोगमा सञ्चालित प्रतियोगिताको फाइनलमा कृष्ण र दीपकको जोडीले विश्वनाथ खनाल र ध्रुव खड्काको जोडीलाई २१–१५ र २१–१५ को सोझो सेटमा पराजित गरे । देविन्द्र राई र रमेश तामाङको जोडी तेश्रो भए ।
    शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, ६ हजार र ४ हजार नगद पुररस्कार हात पारे । भेट्रान डबल्समा रमेश खनाल र विनोद थापाको जोडी च्याम्पियन बने ।
    कृष्ण खतिवडा उत्कृष्ट खेलाडी घोषित भए भने देविन्द्र राईले उदीयमान खेलाडीको उपाधि चुमे । विजेतालाई कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापा, वडा ७ का अध्यक्ष जीवन थापालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । असोज २१ गतेदेखि सुरु प्रतियोगितामा १८ जोडीले प्रतिस्पर्धा गरेका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु